राहुल गान्धीमाथि आक्रमण गर्ने भाजपा कार्यकर्ता पक्राउ
एजेन्सी: भारतको प्रमुख विपक्षी दल काँग्रेस पार्टीका दोस्रो शीर्ष नेता राहुल गान्धीमाथि आक्रमण गर्ने पक्राउ परेका छन्। प्रहरीले विजेपीका कार्यकर्ता जयेश दर्जीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
यता, राहुल गान्धीले आफूमाथि भएको आक्रमणको जिम्मेवारी प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका कार्यकर्ता रहेको आरोप लगाएका छन्। साथै उनले कांग्रेस कार्यकर्तालाई आक्रमण गर्ने विरुद्ध नाराबाजी नर्गन र बाढी प्रभावितलाई सहयोग गर्न आग्रह गरेका छन्।
Gujarat: BJP worker Jayesh Darji detained by Police in Dhanera over attack on Rahul Gandhi's convoy, yesterday.
— ANI (@ANI_news) August 5, 2017
उनी राजस्थान बाढी प्रभावितहरुको क्षेत्रमा अवलोकनपछि गुजरातको बनासकांठामा बाढी प्रभावित भेट्न पुग्दा आक्रोसित भीडबाट मानिसले गाडीमाथि ढुंगा हानेका थिए। यो घटनालाई लिएर कांग्रेस कार्यकर्ताले देशभर विरोध प्रदर्शन गरेका थिए।