६ वर्षीय बालक अपहरण: साथीको सम्पत्तिमा गिद्धे दृष्टि

६ वर्षीय बालक अपहरण: साथीको सम्पत्तिमा गिद्धे दृष्टि

काठमाडौं: विजय चौधरीका बाल्यकालदेखीका साथी हुन् राजु विश्वकर्मा। आठ कक्षासम्म काठमाडौंमा सँगै पढे। त्यसपछि राजु गाउँ फर्किए। पछिल्लो समय फेरी काठमाडौं आएका राजुले विजयसँग नियमितजसो भेट गर्थे।

यसले बाल्यकालदेखीको मित्रता थप प्रगाढ बनेको थियो। साउनको दोस्रो साता विजयका ६ वर्षीय छोरा विशाल स्कुलबाट हराएपछि विशालसँग दुख साट्न र छोरा खोज्न राजु पनि लागि परे।

विजय अध्ययन गर्ने स्कुल प्रशासनलाई थर्काउन समेत उनी पछि परेनन्। प्रहरीलाई पनि काम गर्न सघाए। छोरा बेपत्ता भएको दुई दिनपछि विजयसँग फिरौती मागिएपछि विशाल अपहरणमा परेको निष्कर्ष निस्कियो। 'अपहरणकारी त गोली हानेर मार्नुपर्छ', विजयलाई राजुले भन्थे।

फिरौती रकम मागेको मोबाइल नम्बरमा आधारमा प्रहरीले विशालका बुबा आमालाई दुई दिन आफ्नो साथमा राखेर छाड्यो र पहिलाजस्तै छोरा खोज्न अह्रायो। राजु फेरि विजयको सम्पर्कमा आए। तर यसपटक विजयले राजुलाई भने, 'छोरा अपहरण भई सकेको यत्रो दिन भईसक्यो, अब मलाई छोराको आश छैन। प्रहरीले अपहरणकारीलाई जसरी पनि मार्ने भनेका छन्। मेरो छोरा अपहरण गर्ने मारिए मलाई पुग्छ।' यसपछि राजुको होस् हवास उड्यो। उनी सम्पर्कविहीन भए। भोलिपल्ट बिहानै विशाल काँडाघारीको सडकमा भेटिए। तर त्यसपछि राजु सम्पर्कविहीन भए।

गत साउन १२ गते काठमाडौंको सोह्रखुट्टेस्थित सरस्वती बोर्डिङ स्कुलबाट भएको बालक अपहरणको कथा यस्तो छ। महानगरिय अपराध महाशाखाको टोलीले विशालको अपहरणमा संलग्न भएको आरोपमा उनै राजु र विष्णु पान्डेलाई पक्राउ गरेको छ।

२६ वर्षीय राजु उदयपुरको गाइघाट र त्यति नै उमेरका विष्णु रामेछापबाट पक्राउ परेका हुन्। दुवै जना रामेछाप मन्थलीका हुन्। उनीहरु साथी साथी हुन्।‘

अनुसन्धानमा खटिएका नायब उपरिक्षक (डीएसपी) अजय केसीले भने, 'फिरौती मागिएको मोबाइल नम्बरका आधारमा हामीलाई अनुसन्धान गर्न सजिलो भयो। फिरौती रकम मागिएकै दिन हामीले बच्चा राखिएको ठाउँ पत्ता लगाएका थियौं। तर बच्चा उक्त घरमा छन् की छैनन् भन्ने भन्नेमा हामी विश्वस्त हुन सकेनौं। बुद्धि नपुर्‍याउँदा बच्चाको ज्यान पनि जान सक्ने अवस्था थियो। त्यसैले हामीले त्यो ठाउँलाई निगरानीमा मात्र राख्यौं। र अनुसन्धान अगाडि बढायौं।'

यसपटक विजयले राजुलाई भने, 'छोरा अपहरण भई सकेको यत्रो दिन भईसक्यो, अब मलाई छोराको आश छैन। प्रहरीले अपहरणकारीलाई जसरी पनि मार्ने भनेका छन्। मेरो छोरा अपहरण गर्ने मारिए मलाई पुग्छ।' यसपछि राजुको होस् हवास उड्यो। उनी सम्पर्कविहीन भए। भोलिपल्ट बिहानै विशाल काँडाघारीको सडकमा भेटिए। तर त्यसपछि राजु सम्पर्कविहीन भए।

उनका अनुसार फिरौती रकम मागेको २४ घन्टाभित्रै प्रहरीले विशालको अपहरण राजुले गरेको निष्कर्श निकालेको थियो। 'तर, विजय जिहरु पत्याउन तयार नै हुनु हुँदैन थियो । किनकी राजु आफै छोराको खोजीमा लागिरहेका थिए', डीएसपी केसीले भने। राजु नै अपहरणकारी भएको यकिन गर्न प्रहरीले साउन १५ गते अपरान्ह विजय र उनकी श्रीमतीलाई पहिलाजसरी छोरा खोज्न अह्राएको थियो।

प्रहरीका अनुसार राजुले करिब एक महिना अघि विशालको अपहरण योजना बनाएका थिए। सोही अनुसार उनले गाउँबाट विष्णुलाई काठमाडौं बोलाएका हुन्।‘ साथीहरुसँगको कुराकानीमा विजयले आफूले कमाएर जग्गा किनेको, १५/२० लाख रुपैयाँ ब्यालेन्स रहेको र पर्दा एक करोड रुपैयाँसम्म निकाल्ने बताउँदा रहेछन्।

बेरोजगार रहेका राजु विजयबाट पैसा असुल्ने उपाय खोज्न थाले', डीएसपी केसी भन्छन्। राजु र विष्णुले स्कुलबाट विशाललाई लिएर गोठाटारस्थित विष्णुको दीदी अनिता केसीको कोठामा राखेका थिए। अनुसन्धानमा राजु र विष्णुले विशालको आमा बुबा बाहिर रहेकाले केही दिन राखिदिन अनितालाई अनुरोध गरेका थिए।

यसरी राजुसम्म पुग्यो प्रहरी ?

स्कुलबाट विशाल सजिलै गेटबाट निस्किएर मोटरसाइकलमा चढेकाले प्रहरी अपहरणकारी विजयको परिवारसँग परिचित रहेको निष्कर्षमा थियो। स्कुलमा विशाललाई लिन कि त विजय र उनकी श्रीमती जाँन्थे किन त राजु मगर। विजयकै पसलमा काम गर्ने राजु मगर, विजय र राजु विश्वकर्मा दुवैका स्कुलदेखिका साथी हुन्।

प्रहरीले सुरुदेखि नै राजु मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। तर फिरौती रकम मागिएको नम्बरबाट लोकेसन पत्ता लगाउँदैं जाँदा राजु विश्वकर्मा संलग्न भएका प्रमाण भेटिदै गए। 'बच्चा राखिएको ठाउँमा बाहिरबाट कोही त्यहाँ गएको सबैलाई थाहा हुन्छ।

त्यस घरमा आईरहेका मान्छेलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा राजुले मोटरसाइकल भाडामा लिएको पत्ता लाग्यो। मोटरसाइकल भाडा दिने ठाउँमा राजुकै फोटो र नाम नम्बर भेट्यौं। तर पनि बच्चा सकुशल मुक्त गर्नु हाम्रो पहिलो जिम्मेवारी थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.