उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ३१ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ: उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २२१औँ हप्तामा आज पशुपति क्षेत्रस्थित तीलगंगाबाट राममन्दिर जाने नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

तीलगंगा महिला समूहले १२८औँ हप्ताको सफाइ पनि आज सँगै गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए। सफाइमा सहभागी नव नियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक सर्बेन्द्र खनाललाई स्वागतसहित सम्मान गरियो।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाई, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, सेवा समाज, ब्लु क्रस अस्पताल एम्बुलेन्ससहित २८ संस्थाका प्रतिनिधिको सहभागिता थियो।

अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, वाग्मती अभियन्ता डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, गोकुल थापा, टंकराज आचार्य, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, चक्रबहादुर चन्द, भरत बस्नेतलगायत ७०० जनाको सक्रियता थियो।

गुह्येश्वरी माथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले गरेको १८२औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा ११५ भन्दा बढीको उपस्थिति थियो।

रुद्रमती सफाइको १८०औँ हप्तामा आज रातोपुलदेखि मैतीदेवी मन्दिरसम्म सफाइसहित घरदैलो गरियो। घरदैलो सहितको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

काठमाडौँ महानगरपालिका-३० का वडा अध्यक्ष दलबहादुर कार्की, निर्वाचित वडा सदस्यसहित १५० जनाको सहभागिता थियो। विष्णुमती सफाइको १५२औँ हप्ता र चक्रपथ सफाइको १७ औँ हप्तामा आज संयुक्तरुपमा गोंगबु नयाँ बसपार्क क्षेत्रको नदी किनारमा सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७०० भन्दाबढीको सहभागिता थियो।

सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको १७औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइसँगै आलोकनगरको गाँजा फँडानी गरिएको थियो।

सफाइमा ६५ जनाको सहभागिता थियो। अर्को शनिबार २२२औँ हप्ताको वाग्मती सफाइ थापाथली पुल टुकुचा दोभानमा गरिने सफाइ महाअभियानले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.