'हतार भए पैदलै जानु, फुर्सद भए गाडी चढ्नू'

'हतार भए पैदलै जानु, फुर्सद भए गाडी चढ्नू'

फिदिम: फिदिम फालोट सडक खण्डको सिदिन देखि फिदिम सम्मको ३० किलोमिटरको सडक खण्डमा महेश चोम्बाङले पिकअप भ्यानो चालकको काम गरेको लामो समय बित्यो। सुरु-सुरुमा केही बर्ष पछि सडकको स्तरोन्नती होला र सहज रुपमा गाडी चलाउला भन्ने उनको आशा सात बर्ष बितिसक्दा पनि पूरा भएको छैन।

सडकको सुधान नभएपछि बर्खा यामको चार महिनामा सडकमा चोम्बाङ जस्तै एक दर्जन बढि चालकले सास्ती भोगेर सकसपुर्ण तरिकाले गाडी चलाइरहेका छन्।बर्षातका कारण सडक हिलाम्मे भएपछि सिदिन देखि फिदिम सम्म गाडी ल्याइपुर्‍याउन दिनभर लाग्छ,' चोम्बाङले भने 'दर्जनौ स्थानमा गाडी फस्ने र हिलोमा गाडीने भएपछि यात्रुले पनि निकै कष्ट भोग्नुपरेको छ।'हिलाम्मे सडकमा गाडीबाट यात्रा गर्नेभन्दा पैदलै हिडेर यात्रा गर्नेहरु चाँडै गन्तव्यमा पुग्नुलाइ नौलो मानिदैन।

बर्खाको समयमा ग्रामिण सडकहरु अत्यधिक मात्रामा विग्रने भएकाले पैदल यात्रा गर्नुभन्दा गाडीबाट यात्रा गर्न ढिलो र जोखिम हुने गरेको छ। पैदल यात्रा भन्दा सवारी साधानबाट यात्रा गर्दा ढिलो गरि गन्तव्यमा पुग्ने भएपछि अधिकांश यात्रुहरु पैदलै यात्रा गर्ने गरेका छन्।

'बर्खाको सिजनमा पहाडका ग्रामिण सडकमा गाडीबाट फुर्सदिला मान्छेले मात्र यात्रा गरे हुन्छ,' ग्रामीण सडकको अनुभव बटुलिसकेका मान्छेहरु भन्छन् 'फुर्सद भए गाडीमा जानु, हतार भए पैदलै गए राम्रो।'

बर्षातका कारण सडकमा दलदल भएको हिलोमा गाडी भासिएपछि गाडी तान्नुपर्ने वा ठेल्नुपर्ने यात्रुको कर्तव्यजस्तै बनेको छ। 'कतिखेर गाडी चिप्लिएर भिरतिर जान्छ भन्ने डर उत्तिकै,' एकजना यात्रुले निकै त्रसित मुडमा भने 'हिलोमा गाडी चलाउने चालकको हिम्मतलाई सम्मान गर्नुपर्छ तर, यात्रा निकै सकसपुर्ण हुन्छ।गन्तव्यमा पुग्ने नपुग्नेको टुंगो हुँदैन।'

जेठ महिनादेखि भदौसम्म जिल्लाका ग्रामिण सडकमा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। खेतीको सिजनमा स्थानीय किसानले सडकलाई कुलोको (पैनी) रुपमा प्रयोग गर्दै जथाभावि पानी लैजाने गरेकाले पनि सडक अत्यधिक रुपमा विग्रने गरेको हो। प्राविधिक मापदण्ड विपरित जथाभावि रुपमा ग्रामिण सडकहरु खनिएको र सडकमा नालिको उचित व्यवस्था नगरिदा जिल्लाका ग्रामिण सडकहरुको सुधार हुन सकेको छैन।

जिल्लाको एक नगरपालीका सहित आठ ओटै स्थानीय तहको सबै वडाका टोल टोलमा सडक पुगेको छ। जिल्लमा तीन किसिमका सडकहरुको विस्तार गरिएको छ। जसमध्ये ग्रामिण सडक र जिल्ला सडकमा बर्खा यामको चार महिना सडक हिलाम्मे हुने भएकाले जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थिति छ।

एक हजार किलोमिटर जिल्ला सडक र एक हजार दुइ सय किलोमिटर ग्रामिण सडक विस्तार भएको छ। यी सडकहरुमा जेठदेखि भदौसम्म हिलोका कारण सडक अत्यधिक बिग्रने गरेको हो।

फिदिम फालो, जोरपोखरी जोरपाटी, राँके रबी लगायतका सडक खण्डमा बर्खा यामको चार महिनामा जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। यी सडकहरुमा हिलोमा गाडी फस्ने भएकाले यात्रुहरुले आधा भन्दा बढि हिड्नुपर्ने स्थिति भएको मेमेङ देखि फिदिम आउँदै गरेका यात्रु राजेन्द्र काफ्लेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.