दाङमा ३० प्रतिशत खेत बाझै
तुलसीपुर: दाङमा अहिलेसम्म ३० प्रतिशत खेतमा धान रोपाई हुन सकेका छैन। जिललामा रहेको खेती योग्य जमिन मध्य ३० प्रतिसत जमिन अझै बाझै रहेको छ।
खेती भएकोमा पनि धुले खेतमा धान रोपिएको छ। समयमा पानी पर्न नसक्दा यस पालिको दाङको धान रोपाईमा ढिलाई भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ।
कार्यालयका सुचना अधिकारी भरतमणि पोख्रेलले जिल्लाका ३८ हजार हेक्टर धान खेत मध्ये २८ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्रै अहिले सम्ममा धान रोपाई सकिएको जानकारी दिए। एक हजार २ सय क्षेत्रफलमा खेती भएको बताए।
जिल्ला कृषि विकास कार्यालय प्रमुख दिपककुमार शर्माले ढिलो वर्षातका कारण धान रोपाईमा ढिलो भएको वताए। वर्षात कम हुँदा यस वर्षको धान वालीको उत्पादन समेत घटने अनुमान गरिएको उनले बताए। समय सकिनै लाग्दा समेत लाग्दा समेत धान रोपाई हुन नसक्दा धानवालीको उत्पादन यस वर्ष दाङमा २० प्रतिशत सम्म गिरावट आउने अनुमान कार्यालयले गरेको उनले बताए।
किसानहरुले भने बुक्लो माटोमा धानको विउ रोपेका वताएका छन। बीउ छिपिन थाले पछि धुलोमै धान रोपेको उनीहरुको भनाई छ।'उब्जिए खाउला ब्याड छिप्पीनै लाग्यो पानी पर्दैन बुक्लोमा भए नि। धान रोपेर चित्त बुझाइरहेका छौ,' तुलसीपुर १७ का रामवीर चौधरीले भने, 'सिचाई नहुने भयो बाझो राख्नु भन्दा बीउ त घुसारौ भनेर धुलोमा रोपेको हो।
सिचाईका लागि वैकल्पीक उपाय केही छैन। यही आकाशे पानीको भर हो। त्यो पनि पर्दैन उनले गुनासो गरे। चौधरीले आफनो करिव एक विगाह खेत वाँझै रहेको बताए। साउन सकिनै लाग्दा समेत लाग्दा समेत वर्षा नहुदा किसानहरु खेती बिग्रिने चिन्तामा परेका छन । साउने टाटीले किसानलाई थप चिन्तित वनाएको छ।
दाङमा फाटफूट वर्षात मात्रै भएको छ। साउनमा पानीको झरि लाग्ने दाङमा यस वर्ष घामले भएको पानि पनि सुकाउने अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय दाङका पानी फाटफाट मात्रै परेको छ।