जनभावना अनुसार काम गर्न काँग्रेसका महामन्त्रीको निर्देशन
नवलपरासी: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न निर्देशन दिएका छन्।
काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि परासीमा आज आयोजित एक दिवसीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई मुटुमा राखेर उनीहरुको भावनाअनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए।
सबै मिलेर देश विकासको बाटो खोल्नुपर्ने बताउँदै उनले भने, 'नेपाली काँग्रेस पनि विकासको पक्षमा छ, सबै मिलेर देशको विकास गर्नु आवश्यक छ।'
प्रशिक्षण कार्यक्रममा नवलपरासीका सम्पूर्ण स्थानीय तहमा काँग्रेसका तर्फबाट निर्वाचित करिब २०० जनप्रतिनिधिको सहभागिता थियो।
सो अवसरमा राजनीतिक विषयमा महामन्त्री डा कोइराला, आर्थिक विषयमा डा जगदीशचन्द्र पोखरेल र कानुनी विषयमा कानुनविद् डा यदुनाथ खनालले प्रशिक्षण दिएका थियो। रासस