एकजनामा स्वाइन फ्लू पुष्टि, चारको मृत्यु
तानसेन : पाल्पामा भाइरल ज्वरोबाट बिरामी परेकामध्ये एकजनामा स्वाइन फ्लूको संक्रमण भेटिएको छ।
बिरामी भई लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका माथागढी गाउँपालिका कसेनीका ६७ वर्षका मानबहादुर चिदी रिफर भई वयोधा हस्पिटल काठमाडौंमा उपचारका क्रममा उनको स्वाइन फ्लूबाट मृत्यु भएको पुष्टि भएको छ।
रुखाखोकी, श्वासप्रश्वाससम्बन्धी विरामी भई भर्ना भएका सातजनामध्ये रैनादेवी छहरा गाउँपालिका ३ का ७९ वर्ष मानबहादुर कुमाल, माथागढी ३ का २२ वर्षीय चन्द्रा राना र माथागढी ४ का ६७ वर्षीय वसन्ती कुमारी कुवँरको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको छ। उनीहरूको स्वाइन फ्लूबाट मृत्यु भएको आशंका गरिए पनि पुष्टि नभएको लुम्बिनी मेडिकल कलेजका आईसीयू संयोजक चिकित्सक डा. महेश शर्माले बताए ।
भाइरल ज्वरोका १० को लुम्बिनी मेडिकल कलेज र पाँचजनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।
स्वाइन फ्लूको आशंकामा गम्भीर बिरामी मदनपोखराकी २४ वर्षीय निरमा सारुको काठमाडौमा वयोधा हस्पिटलमा, पाणिनि गाउँपालिका ३ की १६ वर्षीय सविना भुसाल र मित्याल पाल्पाका ६६ वर्षीय खेमबहादुर सुनारीको मेडिकल कलेजको आईसीयू कक्षमा उपचार भइरहेको छ ।भाइरल ज्वरोका अन्य १० जना लुम्बिनी मेडिकल कलेज र पाँजना मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ।
गम्भीर बिरामीको ल्याब टेस्ट, आवश्यक औषधि र सतर्कता अपाउने प्रयास गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताए ।