विकास समितिमा जनप्रतिनिधिको गुनासो : गोठालोमात्रै बनाइयो

विकास समितिमा जनप्रतिनिधिको गुनासो : गोठालोमात्रै बनाइयो

काठमाडौं : जिल्ला समन्वय समितिलाई थोरै जनशक्तिबाट स्थानीय तहको समन्वय गर्दै एकीकृत विकासको नेतृत्वदायी भूमिका दिने तयारी भइरहेको छ । जिससलाई प्रदेशसँगको सहकार्यमा एकीकृत जिल्ला विकास रणनीति बनाएर काम गर्ने जिम्मेवारी दिन लागिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिससलाई राष्ट्रियस्तरका विकासका प्राथमिकता, स्थानीय आवश्यकता, जिल्लाभित्रका सम्भावना र चुनौतीलाई विचार गर्दै सबै गाउँपालिका, नगरपालिका र जिल्लास्थित संघ तथा प्रदेशस्तरका कार्यालयको सहभागितामा एकीकृत जिल्ला विकास रणनीति बनाएर काम अघि बढाउने जिम्मेवारी दिन लागेको छ । यसरी तयार पारिएको रणनीति जिल्ला सभाबाट स्वीकृत गराउनुपर्नेछ । मन्त्रालयले जिससका लागि बनाइरहेको कानुनमा सन्तुलित विकासका लागि जिल्लागत सम्भावना र चुनौतीको पहिचान गर्न तथा गाउँ र सहरबीच अन्तरसम्बन्ध स्थापना गर्न अध्ययन, अनुसन्धान गर्ने/गराउने व्यवस्था राख्न लागिएको छ । समितिहरूले विकास निर्माण कार्यको गुणस्तरीयता परीक्षण गर्नेछन् ।

स्थानीय स्तरमा विकास निर्माण र सेवा प्रवाहसँग जोडिएर हुन सक्ने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती एवं स्रोतसाधनको दुरुपयोगमा पनि जिससले हस्तक्षेप गर्न पाउने भएका छन् । मन्त्रालयले सबै समितिमा एकरुपता होस् भनी समिति, जिल्ला सभा, जिल्ला प्रमुख एवं उपप्रमुख र जिल्ला समन्वय अधिकारीका काम, कर्तव्य र अधिकार तय गरिरहेको छ ।

संविधानको धारा २२० अनुसार प्रदेश कानुनअनुसार जिल्ला समन्वय समितिको सञ्चालन कानुन स्वीकृत भई लागू नभएसम्मका लागि मन्त्रालयले यी प्रावधान तय गरिरहेको हो । जसअनुरुप जिससले जिल्लास्तरमा सार्वजनिक निजी साझेदारीमा सञ्चालन हुने ठूला प्रकृतिका आयोजना कार्यान्वयनमा समेत सहजीकरण गर्नेछ । जिल्लाभित्रका स्थानीय तह र अन्य कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा न्यूनतम मापदण्ड तय गरी एकरूपता कायम गर्न समन्वय र पहलसमेत गर्नेछन् ।

जनतालाई दिने सेवा तथा विकास निर्माणसँग सम्बन्धित विषयमा जिल्लागत एकीकृत सूचना संकलन, प्रणालीमा आधारित व्यवस्थापन गरी संघ र प्रदेश सरकारसँग पनि यी सबैको अन्तरसम्बन्ध कायम गराउने काम समितिहरूको हुने मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको भनाइ छ । जिससले अब अनुगमनसम्बन्धी काम पनि गर्नुपर्ने भएको छ । प्रत्येक वर्ष जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाले गरेका अनुकरणीय कार्य तथा उपलब्धि तिनले सार्वजनिक गर्नेछन् । विकास र सेवा प्रवाहसम्बन्धी राष्ट्रिय अभियान, दिगो विकासका लक्ष्य प्राप्त गर्ने कामका लागि समन्वयकारी भूमिका खेल्दै तेस्रो पक्षबाट जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको वार्षिक मूल्यांकन गर्ने/गराउने काम पनि जिससलाई दिने तयारी मन्त्रालयले गरेको छ ।

अब जिल्ला सभा र जिल्ला समन्वय समितिको सचिवका रूपमा जिल्ला समन्वय अधिकारी (यसअघि स्थानीय विकास अधिकारी) ले भूमिका निर्वाह गर्नेछन् । जिल्ला प्रमुखले जिल्ला स्तरमा हुने विकास निर्माण एवं सेवा प्रवाहसँग सम्बन्धित विभिन्न समितिमा प्रतिनिधित्व गर्ने, गाउँपालिका र नगरपालिकाबाट सञ्चालित योजना तथा कार्यक्रमको अनुगमन, निरीक्षण र समन्वय गर्ने/गराउने काम गर्नेछन् । प्रवक्ता तामाङले शुक्रबार अन्नपूर्णसँग भने, ‘जिससहरूका लागि बनाइएका यी नियम-कानुन स्थानीय तह सञ्चालनसम्बन्धी ऐनमै राख्ने वा अन्य कुनै रूपमा समेट्ने भन्नेमा छलफल भइरहेको छ ।'

विगतका योजना र सम्पत्ति तहलाई

साविक जिल्ला परिषद्बाट स्वीकृत गराई हाल जिल्ला समन्वय समितिबाट कार्यान्वयन भइरहेका आयोजनामध्ये चालु आर्थिक वर्षमा कार्यसम्पन्न भई बाँकी रहेका आयोजना स्थानीय तह (गाउँपालिका वा नगरपालिका) लाई हस्तान्तरण गर्नुपर्नेछ । यसरी हस्तान्तरण गर्दा उक्त योजना तथा कार्यक्रमको लगत, सम्पत्ति, दायित्वलगायत सबै विवरण खुलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ ।

संघ र प्रदेश कानुनले थप व्यवस्था नगरुन्जेल दुई वा दुईभन्दा बढी स्थानीय तह समेटिएका योजना तथा कार्यक्रम भने सम्बन्धित तहसँग समन्वय र सहमति गरी जिल्ला सभाको निर्णयअनुसार संयुक्त व्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्नुपर्नेछ । जिल्ला समन्वय समितिले आफ्नो नाममा भएका सबै जग्गा, भवन, सवारी साधन, मेसिन, औजारलगायत चल-अचल सम्पत्तिको अभिलेख अद्यावधिक गर्ने र तिनको हस्तान्तरण र बरबुझारथ गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.