जहाज र पाटपुर्जा आयातमा १९ अर्ब

जहाज र पाटपुर्जा आयातमा १९ अर्ब

काठमाडौं : नेपालले आर्थिक वर्ष २०७३/०७४ मा भारत र तेस्रो मुलुकबाट १९ अर्बभन्दा बढीको हवाई जहाज तथा पाटपुर्जाको आयात गरेको छ । एक वर्षको अवधिमा १९ अर्ब ६५ करोड रुपैयाँको हवाई जहाज तथा पाटपुर्जा आयात गरेको नेपालको छ ।

आव २०७२/०७३ मा नेपालले ११ अर्ब रुपैयाँ बराबरको हवाई जहाज तथा पाटपुर्जा आयात गरेको थियो । गत आवमा हवाई वस्तुको आयात बढ्नुमा नेपाली हवाई कम्पनीले नयाँ विमान नै प्रमुख कारण हो ।गत आर्थिक वर्ष मात्रै सरकारी र निजी गरी सातवटा हवाई सेवा कम्पनीले १२ वटा जहाज भित्र्याएका छन् । यसका कारण हवाई जहाज तथा त्यसको पाटपुर्जा आयात ह्वातै बढेको हो ।

गत आवमा मात्रै एक अर्ब रुपैयाँमा बुद्धले फ्रान्सेली जहाज निर्माता कम्पनी एटीआरमा निर्मित ‘एटीआर ७२-५००' सिरिजको जहाज नेपाल ल्याएको थियो । यसैगरी गोमा एयरले ७० करोड रुपैयाँ खर्च गर्दै डबल इन्जिनका १८ सिट क्षमताका दुईवटा जहाज र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि चीनबाट एमए-६० र वाई-१२ नामका दुईवटा जहाज भित्र्याएको थियो ।

यसैगरी अन्तर्राष्ट्रिय उडानमा हात हालेको निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले गत आर्थिक वर्षमा एक सय ५८ सिट क्षमताको दुई जहाजका ए ३२० एयरबस भित्र्याएको छ । यसैगरी हेलिकोप्टर सेवाबाट हवाई क्षेत्रमा नाम कमाएको निजी कम्पनी श्री एयरलाइन्सले गत आवमै दुई अर्बभन्दा बढी लगानीमा सीआरजे-२०० सिरिजमा दुईवटा र सीआरजे-७०० सिरिजको एउटा जहाज भित्र्यायो ।

गत आर्थिक वर्ष मात्रै सरकारी र निजी गरी सातवटा हवाई सेवा कम्पनीले १२ वटा जहाज भित्र्याएका छन् । यसका कारण हवाई जहाज तथा त्यसको पाटपुर्जा आयात ह्वातै बढेको हो ।

यसैगरी निजी हवाई सेवा प्रदायक यती एयरलाइन्सले पनि जहाज चालू आवको साउनमा नेपाल ल्याउ पनि रकम गत आवमा नै पठाएको थियो । यतीले पनि एटीआर-७०० सिरिजको नयाँ जहाज ल्याएको हो । यसैगरी निजी हवाई सेवा प्रदाय कम्पनीले सौर्यले पनि गत आवमै एक अर्ब रुपैयाँ खर्चर्दै बम्बार्डिएर सिआरजे २०० जहाज नेपाल भित्र्याएको थियो । नेपालको इतिहासमा सबैभन्दा बढी जहाज खरिद भएको वर्ष पनि गत आव नै हो । यसका कारण आयात रकममा वृद्धि आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो रकम चालू आवमा पनि केही बढ्ने अनुमान छ । नेपाल वायु सेवा निगमले करिब २२ अर्ब रुपैयाँ खचर्दै दुईवटा जहाज यसै वर्ष खरिद गर्दै छ ।

नेपालले फ्रान्सबाट ११ अर्ब रुपैयाँ बराबरबको सबैभन्दा बढी हवाई वस्तु आयात गरेको छ । क्यानडाबाट तीन अर्ब रुपैयाँभन्दा बढीको हवाई जहाज तथा त्यसका पाटपुर्जा आयात गरेको छ । यसबाहेक नेपालले अमेरिका, चाइना, भारत, जर्मनी, इटालीलगायत दर्जनभन्दा बढी मुलुकबाट हवाई वस्तु आयात गरेको देखिन्छ ।

हवाई जहाज कम्पनीबीच प्रतिस्पर्धा

पछिल्लो समय निजी हवाई सेवा कम्पनीबीच जहाज भित्र्याउने प्रतिस्पर्धा बढेको छ । यस कारण आयात रकम बढिरहेको छ । आयात रकम बढे पनि हवाई क्षेत्रको विस्तार हुनु राम्रो हो । नेपालमा निर्माणाधीन अन्य तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यो आयात रकम खर्बमा पुग्ने व्यवसायी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.