रोनाल्डोको इङ्ल्यान्ड फर्कने चाहना

रोनाल्डोको इङ्ल्यान्ड फर्कने चाहना

म्याड्रिड : रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको भन्दै आफू इङ्ल्यान्ड फिर्ता हुन चाहेको खुलासा गरेका छन् । रियल म्याड्रिडका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि कर छली गरेको आरोपमा सोमबार अदालतले सुनुवाईका लागि बोलाएको छ । उनीमाथि एक करोड ७३ लाख अमेरिकी डलर बाराबरको कर छली गरेको आरोपमा स्पेनी अदालतमा मुद्दा चलाइएको छ ।

रोनाल्डोले बेलायती भर्जिज आइलेन्डस र आएरल्याण्डमा रहँदा ख्याति कमाएका थिए । यद्यपि रोनाल्डोले भने सन् २००४ मा आफूले बेलायती क्लब म्यानचेस्टर यूनाइटेडमा रहँदा सामान्य उचाई हाँसिल गरेपनि आफूले सन् २००९ मा रियलमा प्रवेश गरेपछि व्यापक ख्याति पाएको बताउदै आएका छन् । स्पेनमा उच्च तहका सबैफुटबल खेलाडीमाथि कर छली आरोपमा अनुसन्धान जारी राखिएको बताएपनि रोनाल्डोले भने आफ्नो प्रसिद्धिमा प्रभाव पार्ने अभिप्रायले सो आरोप लगाइएको दावी गरे । उनले अदालतमा यदि आफू क्रिस्टियानो रोनाल्डो भनेर नचिनिएको भए अदालतमा हाजिर गराइने थिएन भनेका छन् ।

स्पेनको आन्तरिक राजस्व मामिला सम्वद्ध जेस्था यूनियनका अधिकारीले यो मुद्दामा रोनाल्डो दोशी ठहरिएमा उनले कम्तिमा दुई करोड असीलाख यूरो बराबर जरिवाना र तीन बर्ष जेल सजाए पाउने बताएका छन् । रियलका प्रशिक्षक जिनेदिन जिदानले गत जुनमा भएको च्याम्पियन लिगको फाइनलपछि रोनाल्डोलाई विदा दिएका थिए । रोनाल्डो शनिबार मात्र स्पेनमा प्रशिक्षणका लागि फिर्ता भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.