सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

सप्तरीमा प्रहरी भ्यानमाथि बम आक्रमण

राजविराज : तराईमा उदाएको नयाँ सशस्त्र समूहले सप्तरीमा प्रहरी भ्यानलाई लक्षित गरी गएराति बम विष्फोट गराएको छ । गत साउन ४ गते अस्तित्वमा आएको प्रगतिशील तराई मुक्ति मोर्चाले इलाका प्रहरी कार्यालय कडरबोनाको भ्यानमा राति साढे नौ बजे बम विष्फोट गराएको जनाएको छ । सो समूहका संयोजक सिजनका अनुसार बम विष्फोटले भ्यान क्षतिग्रस्त भएको छ । 

इलाका प्रहरी कार्यालयबाट दुई किलोमिटर उत्तर–पश्चिमतर्फ रहेको श्रीपुर गाउँमा गस्ती गएको बेला भएको बम विष्फोटले बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यानको अगाडीको भाग क्षतिग्रस्त भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनु भयो । प्रहरी उपरिक्षक सिंहका अनुसार भ्यानमा रहेका प्रहरीहरु सकुशल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.