‘नमूना नेपाल’ प्रदेश नं ७ बाट सुरु

‘नमूना नेपाल’ प्रदेश नं ७ बाट सुरु

धनगढी : बहुचर्चित धुर्मुसु–सुन्तली फाउण्डेसनले ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजनाको सुरुवात गर्ने भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा चर्चित हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विकासका दृष्टिमा पछि परेको ७ नं प्रदेशबाट ‘नमूना नेपाल’ परियोजना शुरु गर्न लागिएको जानकारी दिए ।

नेपाल सरकारका सरसफाइ राजदूत कलाकार तथा सामाजिक अभियन्ता धुर्मुसले सकारात्मक सोच अभिवृद्धिका लागि यसपटक सरसफाइ अभियान शुरु गर्न सुदूरपश्चिम ७ नं प्रदेश पुगेको बताए ।

बैंक अफ काठमाडौँले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सरसफाइ अभियानका क्रममा यहाँ पुग्नुभएका कट्टेलले आँट र साहस गरे देश बन्न धेरै समय नलाग्ने उल्लेख गरे ।

यसअघि सञ्चालन गरेका तीनवटा अभियान सफलतापूर्वक सम्पन्न भएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले देशलाई समृद्धितर्फ हिँडाउन नमूना नेपाल परियोजना सुरु गर्न थालेको बताइएको छ ।

नमूना नेपाल परियोजना राष्ट्रिय गौरवको परियोजनामा समावेश गराउन सरकारसँग आग्रह गरिएकाले यो साझा अभियानमा सहभागी हुन कट्टेलले सबै नेपालीलाई आग्रह गरे । बैंक अफ काठमाडौँको सद्भावना दूत भएकाले बैंकले सुरु गरेको संस्थागत सामाजिक उत्तरदायित्व अभियान सञ्चालनसमेत सुदूरपश्चिम ७ नं प्रदेशबाट शुरु गर्न थालेको कट्टेलले स्पष्ट पारे ।

अभियान सुरु गर्न धुर्मुस–सुन्तली फाउण्डेसनका प्रमुख कट्टेलसँगै कलाकारहरु सुरवीर पण्डित ‘दाडीबा’ र पल्पसा डंगोल ‘चम्सुरी’ सहितको टोली यहाँ आइपुगेको छ ।

पत्रकार सम्मेलनमा बैंक अफ काठमाडौँका विपन्न वर्ग कर्जा प्रमुख गणेश लम्सालले धुर्मुस–सुन्तली फाउण्डेसनसँग सहकार्य गरी बैंकले महिला तथा विपन्न वर्गलाइ लक्षित गरी साना उद्यमलाई सहयोग गर्न अभियान सञ्चालन गरिएको जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.