रसुवागढीबाट १६ दिनपछि सामान आयात

रसुवागढीबाट १६ दिनपछि सामान आयात

नुवाकोट : चीनले रसुवागढी नाकाबाट नेपालतर्फ भित्रिने सामानमा भन्सार क्लियरेन्स शुल्क घटाएपछि आयात सुचारु भएको छ । साउन १ गते चिनियाँ पक्षले क्लियरेन्स शुल्क वृद्धि गरेपछि व्यापारीले सामान आयात ठप्प बनाएका थिए । यसअघि नेपाली व्यापारीले प्रतिगाडी एक हजारदेखि १५ सय आरएमबीसम्म तिर्दै आएकामा चिनियाँ भन्सारले एकै पटक पाँच हजार आरएमबी पुर्‍याएपछि आयात ठप्प बनेको थियो । आयात ठप्प भएपछि नेपाली र चिनियाँ पक्षबीच वार्ता भई शुल्क घटाउने सहमति भएको हो ।

शुल्क घटाएपछि सामान आउन थालेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यस अवधिमा आठ करोड भन्सार राजस्व नेपाललाई घाटा लागेको रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले बताए ।

केरुङगमा स्थानीय भन्सार प्रतिनिधिले नेपालतर्फ निकासी हुने मालसामानको भन्सार क्लियरेन्स शुल्क अत्यधिक वृद्धि गरेपछि आयातमा ठप्प भएको पनेरुको भनाइ छ । चीनको केरुङमा जेलुंगका डेपुटी प्रमुख र भन्सार प्रतिनिधिसँग यस विषयमा छलफल भएको थियो ।

केरुङमा स्थानीय भन्सार प्रतिनिधिले मूल्य घटाएर सामान क्लियरेन्स गर्ने प्रतिबद्धता जनाएको छ । नेपालतर्फ निकासी हुने सामान बोकेका एउटा गाडीसँग केरुङगमा स्थानीय भन्सार प्रतिनिधिले एक हजार पाँच सय आरएमबी लिने गरेकामा तेब्बरभन्दा बढी लिन थालेपछि नेपाली व्यापारीलेत्यसको विरोधमा आयात ठप्प बनाएका थिए । रसुवागढी नाकाबाट तयारी पोसाक, विद्युतीय सामग्री, स्याउलगायतका सामान आयात भइरहेको छ ।

नेपाल ल्याउने सामानको भन्सार क्लियरेन्स शुल्क वढेपछि नेपाली व्यापारी चिन्तित भएको नुवाकोट उद्योग वाणिज्य संघका महासचिव दीपक कायस्थले वताउनुभयो । चीन प्रवेशका लागि पुरानो तातोपानी नाका वन्द भएपछि दुई वर्षदेखि रसुवागढी नाकामात्र सन्चालनमा रहेको छ ।

यस सम्वन्धमा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइलगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग जिल्ला प्रशासन कार्यालय रसुवामा नेपाल र चीनका अधिकारीवीच रसुवाको धुन्चेमा सीमा सुरक्षा बैठक पनि गरिएको थियो ।

२५ सय आरएमबी घटाएपछि नेपाली व्यापारीले सामान आयात सुरु गरेका हुन् । सामान लिनका लागि चीन पुगेका कन्टेनरमध्ये तीन सय ९६ वटाको क्लियरेन्स गर्ने कार्य सुरु भएको छ । शुल्क आधा मात्र कम भएको र नेपाली व्यापारीले एकैचोटी शुल्क बुझाउन नसक्दा धेरै गाडी अहिले पनि केरूङमा नै रोकिएका छन् ।

शुल्क बुझाउने कन्टेनर नेपाल आउने क्रम शुरु भएको रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत केदार पनेरुले जानकारी दिनुभयो । र चीनतर्फ भने मैदा, चाउचाउ, खुर्सानी, हस्तकलाका सामग्री निर्यात हुदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.