लेक लागेर वडा अध्यक्षको ज्यान गयो
अछाम : बाजुराको बडिमालिका माताको दर्शन गर्न जानेक्रममा लेक लागेर नवनिर्वाचित वडा अध्यक्षको ज्यान गएको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ बिन्धेवासीनीका वडा अध्यक्ष रामबहादुर बोहोराको लेक लागेर हिजो राति ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।
गाउलेसंग बडिमालिका माताको दर्शन गर्न गएका ३६ वर्षीय बोहोराको लेक लागेर मालिका नजिकै ज्यान गएको हो । संगै गएका आफन्तले घट्नास्थलबाट जानकारी गराए पछि शब घर सम्म ल्याउनका लागि नेपाली सेनाको हेलीकप्टर सुर्खेतबाट मालिकातर्फ पठाइएको पुर्व सञ्चार राज्यमन्त्री गोबिन्द बहादुर शाहाले जानकारी दिए ।
नेपाल तरुण दल अछामको उपाध्यक्षसमेत रहेका बोहोरा नेपाली कांग्रेसका तर्फबाट प्यानलनै वडा अध्यक्षमा निर्वाचित भएका थियो । सशस्त्र प्रहरीमा कार्यरत बोहोरा संकटकालको बेला धादिङमा माओबादीसंगको दोहोरो भिडन्तमा परी गम्भीर घाइते हुँदा अशक्त भएर घरमा बस्दै आएका थिए ।