१० वर्षपछि समातिए हत्याका अभियुक्त

१० वर्षपछि समातिए हत्याका अभियुक्त

बझाङ : बझाङको बुगोल नगरपालिका–२ दहवगरकी कनथरी धामीको हत्या गर्ने अभियुक्त प्रहरीको विषेश सुराकीबाट प्रकाउ परेका छन् । १० वर्ष अगाडी २०६४ साल भाद्र २५ गते गाँउकै भाउजू नाता पर्ने कनथरीको हत्या गरी फरार भएका ४० वर्षीय खडक धामीलाई प्रहरीले दार्चुलाको जेनामुनीबाट प्रकाउ गरेको हो ।

लामो समयदेखि उनी हिमाली क्षेत्र दार्चुलाको जेनामुनी भन्ने स्थानमा लुकेर बस्ने गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । चन्दले भने ‘उनी कहिले भारत जाने, कहिले नेपाल बस्ने गरेका रहेछन, अनुसन्धानबाट उनी त्यहाँ रहेको पत्तो लागेपछि दार्चुला प्रहरीको सहयोगमा प्रकाउ गरी बझाड झिकाएको हो ।’

३६ वर्षीय कनथरीलाई पारिवारिक विवादमा खडकले ढुङ्गाले टाउकोमा हानी हत्या गरेका थिए । घटनास्थलबाटै फरार भएका खडक १० वर्षसम्म लुकीछिपी बस्ने सफल भएका थिए ।

मृतकका श्रीमान हरि धामीले घटना भएको हत्या भएको समयमानै खडकविरुद्ध हत्याको अभियोगमा मुद्दा दर्ता गरेका थिए । डिएसपी चन्दले भने ‘फरार अभियुक्त प्रकाउ परेका छन् मुद्दा दर्ता भए अनुसार कानुनी कार्वाहीका हुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.