सरकारले पूरक बजेट ल्याउँछः लेखक

सरकारले पूरक बजेट ल्याउँछः लेखक

हुम्ला: नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले पूरक बजेट ल्याउने बताएका छन्।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता लेखकले आफ्नो पार्टी नेतत्वको सरकारले पूरक बजेट ल्याउने तयारी गरिरहेको बताएका हुन्। कैलाश मानसरोवरको भ्रमणमा जाने क्रममा हुम्ला सदरमुकाम सिमकोट पुगेका उनले बहिष्करणमा परेका र राज्यको प्राथमिताका केही योजना छुटेकाले पूरक बजेटको आवश्यकता औंल्याए।

उनले हुम्ला जस्ता विकट जिल्लाहरुको विकासलाई राज्यले प्राथमिकता दिनुपर्ने बताए। हरेक सदरमुकाममा सडक सञ्जाल जोड्ने कांग्रेस नेतृत्वको सरकारको नीतिका कारण अहिले देशका सबैजसो जिल्लाहरुमा सडक विस्तार भएको दावी गरे।

हुम्लाको समृद्धि र विकासका लागि कैलाश मानसरोवर आउने पर्यटककलाई कम्तिमा दुई दिन सिमको टमै बस्ने पूर्वाधार र रमाउने संरचना निर्माण गर्नुपर्नेमा लेखकले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.