प्रदेश र केन्द्रको चुनाव एकैचोटी : दाहाल

प्रदेश र केन्द्रको चुनाव एकैचोटी : दाहाल

पोखरा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेणु दाहालले जित्ने गरी आएको निर्वाचन परिणामलाई सहज रुपमा लिन आग्रह गरेका छन् । उनले भने, ‘केपी ओलीजीले नै सहज रुपमा लिन सबैलाई आग्रह गर्नुभएको सुनें, खुसी लाग्यो, म उहाँलाई धन्यवाद दिन्छु ।' प्रेस सेन्टर प्रदेश न ४ ले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनलाई आइतबार सम्बोधन गर्दै थिए ।

भरतपुरको निर्वाचनबारे आएका टिकाटिप्पणीप्रति संकेत गर्दै दाहालले भने, ‘को कोले के के भने त्यतातिर नजाऊँ ।' संविधान कार्यान्वयनको क्रममा स्थानीय तह निर्वाचन ६ वटा प्रदेशमा सफल हुनुलाई उनले महत्वपूर्ण बताए । अब प्रदेश र संघको चुनाव मंसिर पहिलो साताभित्रै गर्ने गरी लाग्नुपर्नेमा उनले जोड दिए । ‘चुनावी प्रक्रिया महँगो हुन थालेको हुँदा दुवै चुनाव एकैचोटि गर्ने र संविधान कार्यान्वयन गरेर आर्थिक समृद्धि अनि सामाजिक न्यायको बाटोमा जानुपर्छ,' उनले भने ।

केपी ओली नरम हुँदा आफू पनि उनीप्रति नरम र गरम हुँदा गरम हुने गरेको दाहालले सुनाए । ‘उहाँले प्रधानमन्त्री छोड्नुपर्दा पनि मैले उत्तिकै सहज रुपमा व्यवहार गर्ने प्रयास गरेको थिएँ,' दाहालले सुनाए, ‘अहिले उहाँ नरम हुँदा म पनि नरम भएको छु ।' दाहालले राजनीतिक आदर्श मिल्ने दलहरुबीचमात्रै गठबन्धन गरिनुपर्ने पनि बताए । उनले भने, ‘कम्तीमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक समावेशीको मुद्दा मिल्नेसँग सहकार्य गर्नुपर्छ भन्नेमा हाम्रो पार्टी छ ।'

शनिबार पोखरा आएर यहाँको रुपाकोट रिसोर्टमा परिवारका सदस्यहरुसँग बसेका दाहाल आइतबार पार्टीको प्रदेश नम्बर ४ का केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका छन् । उक्त बैठकले यो प्रदेशका केन्द्रीय सदस्यहरुको संख्या घटाउँदैछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.