नक्कली प्रहरीसहित प्रहरीलाई हातपात गर्ने तीन पक्राउ

नक्कली प्रहरीसहित प्रहरीलाई हातपात गर्ने तीन पक्राउ

वीरगन्ज : आफूलाई प्रहरी बताएर धम्की दिँदै विभिन्न व्याक्तिसंग रकम असुल्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको बहुदरमाई गाँउपालिका २ डकैला बहुअरी घर भएका २४ वर्षीय विनोद मण्डल रहेका छन्।

वीरगन्जको रजत जयन्ती चोकमा शनिबार दिउँसो हैटौँडा उपमहानगरपालिका १० का दिपशन खरेल र किरण कार्की सवार ना ३७ प ४९१० नम्बरको मोटरसाइकल रोकेर मण्डलले आफू सादा पोशाकमा खटिएको प्रहरी भएको भन्दै ती दुवै युवकको शरीर खानतलाशी गरी लाइसेन्स, ब्लुबुक र दुई सय २० रुपैयाँ खोसेर एक लाख रुपैयाँ दिए पछि मात्र छोड्ने बताएपछि प्रहरीले मण्डललाई पक्राउ गरेको हो।

मण्डलले यसअघि पनि आफूलाई प्रहरी निरीक्षक बताएर तस्करीको लाइन खोली दिने भन्दै विभिन्न व्याीक्तबाट रकम असुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका मण्डलललाई आतवार जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले मण्डलको बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए। यस्तै पर्सा प्रहरीले शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई हातपात गर्ने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको बेल्वा गाउँपालिका वडा नम्बर ८ बस्ने ३० वर्षीय रुस्तम मियाँ र २१ वर्षीय सदाम मियाँ चुरिहार रहेका छन्। शनिबार राति ११ बजे प्रहरी चौकी मिलन चोकबाट खटिएको प्रहरी टोलीलाई अपशब्द प्रयोग गरी गाली गलौज, हातपात र लछारपछार गर्नुको साथै प्रहरीको कर्मचारीको युनिफर्म समेत च्यातेकाले दुवै जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

मादक पदार्थ सेवन गरी सार्वजनिक सडक स्थानमा वादविवाद तथा हो हल्ला गरी अपशब्द तथा ईशारा प्रयोग गरी अश्लिलता प्रदर्शन गरिरहेको अवस्थामा उनीहरुलाई सम्झाउन गएका प्रहरीलाई नै उनीहरुले हातपात गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.