एउटै झन्डामा भरतपुरमा कांग्रेस-माओवादीको विजय जुलुस (फोटोफिचर)

एउटै झन्डामा भरतपुरमा कांग्रेस-माओवादीको विजय जुलुस (फोटोफिचर)

चितवन : शनिबार राति भरतपुर महानगरपालिकामा विजयी भएपछि कांग्रेस-माओवादी गठबन्धनले आइतबार चितवनमा विजय जुलुस गरेको छ। भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमै गठबन्धनका उम्मेदवार विजयी भएपछि कांग्रेस र माओवादीले संयुक्त विजय जुलुस निकालेका हुन्।

चौबिस कोठीबाट सुरु भएको जुलुस नारायणगढको पुल्चोक पुगेको थियो। जुलुसलाई आकर्षक बनाउन बाजागाजासहित नाचगान गरिएको थियो। महानगरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहाल र उपप्रमुखमा कांग्रेसकी पार्वती शाह विजयी भएका छन्। विजय जुलुसमा सहभागी हुन गाउँ गाउँबाट नेता तथा कार्यकर्ता नारायणगढ आएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.