आँखा पाक्ने रोगको भाइरल

आँखा पाक्ने रोगको भाइरल

दाङ: दाङका आँखा पाक्ने रोगको भाइरल देखिएको छ।राप्तीको आँखा उपचारको मुख्य केन्द्र रहेका राप्ती आँखा अस्पताल दाङमा केही दिन यता देखि आँखा पाक्ने रोगका विरामीहरु अत्यधिक बढेका छन।

साउन महिना लागे देखि तीन सय भन्दा बढी बिरामी अस्पतालमा आउने गरेको अस्पतालले जनाएको छ। बर्षायामसंगै आँखामा भाईरल, व्याकटेरीयाका विरामीहरु बढेको अस्पतालका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए। उनले बच्चाहरुमा भाइरल र अन्यलाई ब्याक्टेरियाको संक्रमण बढेको हुँदा अस्पतालमा यसका विरामी पनि बढिरहेको बताए।

यो समयमा विगतका वर्षहरुमा पनि विरामीको संख्या धेरै हुने भए पनि यस वर्ष भने त्यो संख्या निकै बढेको अस्पतालले जनाएको छ। आँखा रातो हुने, चिलाउने, बिजाउने, घाममा हेर्न नसक्ने आँखा रोगका लक्षण भएको नेत्र चिकित्सकहरुको भनाइ छ।

तत्काल अस्पतालमा आएमा एक सातामा रोग निको हुने चिकित्सकले बताएका छन्। आँखा रोग सरुवा रोग भएकाले सचेतना अपनाउन समेत चिकिस्तकले सल्लाह दिएका छन्। दैनिक ५ सय विरामीको आँखाको उपचार भइरहको अस्पतालले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.