जिसस कञ्चनपुरमा एमाले निर्विरोध

जिसस कञ्चनपुरमा एमाले निर्विरोध

महेन्द्रनगर: कञ्चनपुर जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुख सहितका ९ वटै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन्। निर्वाचन कार्यतालिका अनुसार अरु कुनै पनि पार्टीले उम्मेदवारी नदिएपछि एमालेका उम्मेद्वारहरु निर्विरोध चयन भएका हुन। उनीहरुले आइतबार नै सपथ तथा पद्भार ग्रहण गरेका छन्।

जिल्ला समन्वय समितिको प्रमुखमा फैरु तामाङ्ग र उपप्रमुखमा सानु कुमारी बुढाथापा चयन भएकी छिन्। यस्तै समन्वय समितिको सदस्यहरुमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्विरोध रुपमा चयन भएका छन्।

नौ सदस्यीय समितिमा जिल्लामा रहेका ९ वटै तहका एक-एक जनाको प्रतिनिधित्व हुने गरी समन्वय समितिमा समावेश गरिएको नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङ्गले जानकारी दिए।

जिल्ला समन्वय समितिमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ। ९ वटा स्थानीय तह मध्ये ५ वटा तह जितेको नेकपा एमालेका प्रमुख र उपप्रमुख सहित १२ जना निर्वाचित भएका थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.