२२ सांसद लगेर पशुपतिले फेरि फुटाए राप्रपा, कमल थापासँग १५ सांसद मात्रै

२२ सांसद लगेर पशुपतिले फेरि फुटाए राप्रपा, कमल थापासँग १५ सांसद मात्रै

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि फुटेको छ। राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणाले निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक नाम राखेर दल दर्ता गराएको एक नेताले बताए। उनले २२ जना सांसदसहित नयाँ पार्टी गठन गरेका छन्। निर्वाचन आयोग र संसद सचिवालयमा भने २० सांसादको मात्र हस्ताक्षर बुझाइएको छ ।  

अब कमल थापासंग १५ सांसद मात्र रहेका छन्। पार्टी एकीकरण हुनुअघि थापा नेतृत्वको तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंग २४ सांसद थिए भने राप्रपासंग १३ सांसद थिए। पार्टी एकीकरण भएको बर्ष दिन नपुग्दै राप्रपा विभाजित भएको हो।

पछिल्लो समय संविधान संशोधनका विषयमा अध्यक्ष कमल थापासंग फरक मत राख्दै आएका राणाले अन्तत पार्टी नै विभाजित गरेका हुन्। राणा संविधान संशोधनका पक्षमा रहेका थिए।

यस्तै अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी सञ्चालन गरेको आरोप राणाले लगाउँदै आएका थिए। अध्यक्ष थापाले एकलौटी रुपमा पार्टी केन्द्रीय समिति विस्तार गरेको भन्दै राणाले प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।

राप्रपा अध्यक्ष थापाको विर्ता नभएको भन्दै राणाले नेतृत्वले कार्यशैली नसच्याए पार्टी विभाजन हुन सक्ने चेतावनी दिएका थिए।

निर्वाचन आयोग र संसद् सचिवालयको सूचना अनुसार २० जना सांसदले कमल थापा नेतृत्वको राप्रपा छोडेर पशुपति शम्शेर राणा नेतृत्वलाई समर्थन जनाएका हुन् ।

 राणा नेतृत्वलाई समर्थन गर्ने सांसद

१, आनन्दी पन्त कञ्चनपुर 
२,विराज विष्ट ललितपुर 
३,सीता लुइटेल काठमाडौ 
४,कमलादेवी शर्मा कास्की 
५,धानो महरा सिराहा 
६,राजेश्वरी देवी सर्लाही 
७,रेशमबहादुर लामा काभ्रे 
८,शयन्द्र वान्तवा मोरङ 
९,दिपक बोहोरा रुपन्देही 
१०,रमेश कुमार लामा सिन्धुपाल्चोक 
११,सरोज शर्मा काठमाडौ 
१२,सुनिलबहादुर थापा धनकुटा 
१३,गीता सिंह बाँके 
१४,रामकुमार सुब्बा सुनसरी 
१५,लिलादेवी श्रेष्ठ इलाम 
१६,बबिना मोक्तान पाँचथर 
१७,इस्तियाक अहमद खान रुपन्देही 
१८,विक्रम पाण्डे चितवन 
१९,राज्यलक्ष्मी श्रेष्ठ नुवाकोट 
२०,लक्ष्मी थापा पासवान धनुषा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.