खुट्टा भाँचिदा पनि हेलिकोप्टर चार्टर गर्न बाध्य

   खुट्टा भाँचिदा पनि हेलिकोप्टर चार्टर गर्न बाध्य

गोरखा : दुवै खुट्टा अपाङंग भएका गोरखा काशिगाउँका एक किशोर लडेर खुट्टा भाँचिएपछि हेलिकोप्टर चार्टर गरेर उपचार गर्न लगिएको छ ।
खुट्टा भाँचिएका अपांङग धार्चे ६ काशिगाउँका १८ बर्षका सुक्सिङ गुरुङलाई लाप्राकका इत्त गुरुङको आर्थिक सहायतामा हेलिकोप्टर चार्टर गरेर उपचार गर्न लगिएको वडा अध्यक्ष धनप्रसाद घलेले जानकारी दिए ।
सुक्सिङ चन्द्रदेवी निमाविमा कक्षा ३ मा अध्ययनरत छन् । आइतबार बिहान १० बजे बैशाखी टेकेर पढ्न जाने क्रममा लडेर उनको खुट्टा भाँचिएको थियो । आर्थिक अबस्था ज्यादै कमजोर भएको र गाउँमा स्वास्थ्य सेवा नभएकाले दिनभरी सहयोगी खोजी तीनबजेतिर फिस्टेल एयरको हेलिकोप्टर चार्टर गरी उपचार गर्न बनेपा अस्पताल लगिएको वडा अध्यक्ष घलेले बताए ।
काशिगाउँ आसपास स्वास्थ्यचौकी बाहेक अस्पताल छैन । सदरमुकामसम्म जोडिने मोटरबाटो पनि छैन । सामान्य उपचार गर्न पनि महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्न बाध्य हुनुपरेको वडा अध्यक्ष घलेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.