कालिकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कालिकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेतः जेसीभी डोजर दुर्घटना हुँदा कालिकोटमा दुई जनाको मृत्यु भएको छ। कर्णाली राजमार्गमा खसेको पहिरो पन्छाएर फिर्ता भएको डोजर आइतबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चु घर भएका तुलाराम धौलाकोटी र कालिकोटको खाँडाचक्र नगरपालिका-६ का विष्णुबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो। धौलाकोटी डोजरका चालक हुन् भने शाही सोही सडकमा काम गर्ने मजदुर हुन्। यस्तै दुर्घटनामा कालिकोटको रास्कोट नगरपालिका निवासी छत्रबहादुर बम गम्भीर घाइते भएका छन्।

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट-जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिका–५ विहानी भन्ने ठाउँमा पहिरो पन्छाएर डोजर कालीकोट सदरमुकाम मान्मतर्फ जाँदै थियो। सोही क्रममा ब्रेक फेल भएर डोजर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सडक विभागको अनटेस्ट जेसीभी दिउँसो २ बजे दुर्घटना भएको प्रहरी निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार डोजरले च्यापिएका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। गम्भीर घाइते भएका सडक विभागका सुपरभाइजर बमलाई भने नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि नेपालगञ्ज लगिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.