अनेरास्ववियुद्वारा पोखरा विश्वविद्यालयलाई १५ दिने अल्टिमेटम
काठमाडौं : पोखरा विश्वविद्यालय मातहतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन माग गरेको छ । अनेरास्ववियुले विश्वविद्यालयलाई मागपत्र प्रस्तुत गर्दै १५ दिनभित्र निर्वाचनको कार्यतालिका सार्वजनिक र विश्वविद्यालयमा देखियका समस्या तत्काल समाधान गर्न माग गरेको छ ।
अनेरास्ववियुका उपाध्यक्ष महेश बड्तौला र पोखरा विश्वविद्यालय इन्चार्ज कनिस पटेलको नेतृत्वमा पोखरा पुगेर विश्वविद्यालय रजिस्ट्रार गोबिन्दप्रसाद शर्मालाई मागपत्र बुझाएको हो ।२०६५ पछाडि पोखरा विश्वविद्यालयका कुनै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन ।