सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका ५ मा आइतबारराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।राति १० बजे करेन्ट लागेर ३२ वर्षीय प्रकाश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए । आफ्नै सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा विद्युत प्रवाह भइरहेको नाङ्गो तारले भेटेपछि थापालाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते थापाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति साढे ११ बजे मृत्यु भएको प्रहरी निरीक्षक कटुवालले बताए ।

त्यस्तै विराटनगर ५ जामुनगाछीमा घरको छतबाट खसेर एक युवा गम्भीर घाइते भएका छन् । आफ्नै एक तले घरको छतबाट खसेर राति १० बजे २८ वर्षीय सुदीप लम्साल घाइते भएको प्रहरीले जनाएको छ । लम्सालको देव्रे तिघ्रा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । लम्सालको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.