'प्रत्यक्ष कार्यकारी नमाने जनता जान्छौं'

'प्रत्यक्ष कार्यकारी नमाने जनता जान्छौं'

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् । सोमबार नेकपा(माओवादी केन्द) ४ नम्ब्र प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ।

हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छाैं ।’

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै आर्थिक विकृति देखिएकाले यसको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरे उनले भने ‘निर्वाचनमा यति धेरै विकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए । घुमाई फिराई सम्भ्रान्त वर्गले मात्रै चुनाव लड्न र जित्नसक्ने परिस्थिति सिर्जना हुँदैछ । यसको अन्त्यका लागि पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छ । यसको पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसँग गहिरो अन्तर्सम्बन्ध छ । समानुपातिक निर्वाचन प्रणालीबाट मात्र उत्पीडितहरु नीति निर्माणको तहमा आउँछन्, यसले निर्वाचनमा करोडौ पैसाको चलखेल हुने कुरा पनि रोक्न सकिन्छ ।’

माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिन सक्ने खतरा औल्याउँदै प्रचण्डले कांग्रेस, एमालेलाई आफ्नै हरुवा चरुवा मन्त्री संसद हुने समावेशी व्यवस्था घाँडो भएको दावी गरे ।

पार्टीभित्रका समस्याबारे चर्चा गर्दै प्रचण्डले भने ‘पार्टीभित्र वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र कार्यशैलीमा आएको डरलाग्दो ह्रास नै हाम्रो समस्या हो । वर्गसंघर्षको अचुक हतियार भनेको संगठन नै हो । विचारको प्राथमिकतापछि संगठनको विशेष महत्व हुन्छ । संगठन, संगठन र फेरि पनि संगठनको हाम्रो मूख्य उद्देश्य हो । हामी पार्टीलाई रुपान्तरण गर्ने, पार्टीलाई नयाँ बनाई छाड्ने संकल्प गरेर आएका छौं ।’

माओवादी धाराको एकता अनिवार्य भएकोमा जोड दिँदै उनले माओवादीबाट फुटेका कसैले पनि फुटको औचित्य पुष्टि गर्न नसकेको र जनताले अनुमोदन पनि नगरेकोले सबै मिल्नुको विकल्प नरहेको स्पष्ट पारे । एकताका लागि प्रयास थालिएको उनले बताए ।

प्रशिक्षणमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले हरहालतमा माघ ७ भित्रै प्रदेश र संघको निर्वाचन गर्नुपर्ने भएकाले पार्टीका सबै निर्वाचनको तयारीमा लाग्नु पर्नेमा जोड दिए। श्रेष्ठले संगठन सुदृढ नहुनु । पार्टीमा स्वार्थ समूहको प्रभाव बढ्नु, पार्टीले गरेकान राम्रा काम प्रचार गर्न नसक्नु जस्ता समस्या माओवादी भित्र रहेको बताए ।

कार्यक्रममा अर्का नेता रामबहादुर थापा ‘बादल’ले परिवर्तनको एक मात्र धारा माओवादी नै भएको निर्वाचन परिणामले पुष्टि गरेको बताए उनले भने ‘कांग्रेस, एमालेको वैचारिक दृष्टिकोणमा खासै अन्तर छैन । उनीहरु परिवर्तनको बाहक होइनन्, जनताले माओवादीलाई नै क्रान्तिकारी बिकल्पका रुपमा छानेका छन् । तर, हाम्रा कमजोरीलाई जनताले दण्डित पनि गरेका छन्, रुपान्तरणको अपेक्षा राखेका छन् ।’

बैठकमा ४ नं प्रदेशका जिल्ला संयोजकहरुले चुनावी समीक्षाको रिपोर्ट प्रस्तुत गरेका थिए । जिल्ला संयोजकहरुले संगठनात्मक अराजकता, भद्धा कमिटी, चुनावी तालमेलमा पहलको कमी, संगठन निर्माणमा उदासिनता र नेताहरुको निस्क्रियता, जस्ता कमजोर।ीले पार्टीले निर्वाचनमा सोचे अनुरुप नतिजा प्राप्त गर्न नसकेको रिर्पोट प्रस्तुत गरेका थिए । त्यसैगरी पार्टीमा आर्थिक, सांस्कृतिक र संगठनात्मक अनुशासनमा कमी, विरोधीका भ्रम चिर्न असफल, नेता, कार्यकर्तामा निरासा, गुटबन्दी र आर्थिक अभावजस्ता जस्ता समस्या रहेको रिपोर्टिङ गरेका थिए । कार्यक्रममा प्रदेशभित्र कार्यरत ४५० महाधिवेशन आयोजक समितिका सदस्यहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.