हवल्दारका छोरा एक सातादेखि बेपत्ता

हवल्दारका छोरा एक सातादेखि बेपत्ता

बर्दिया: ईलाका प्रहरी कार्यालय गडुवा दाङ्गमा कार्यरत प्रहरी हवल्दार दिनेश थारुका छोरा एक सातादेखि बेपत्ता भएका छन्।

बर्दियाको राजापुर नगरपालिका वार्ड नम्वर-१स्थित मुर्गहवामा स्थायी वसोवास गर्दै आएका हवल्दारका १५ बर्षीय छोरा अपिल थारु मंगलवारदेखि वेपत्ता भएका हुन्।

राजापुरमा रहेको रिनेसा वोर्डिङ्ग स्कूलको कक्षा ९ मा अध्ययनरत थारु सोमबार बर्दियाको ठाकुरबाबा नगरपालिका अन्तर्गत भुरीगाउँस्थित दाजुको ससुराली गएका थिए। एक रात बसेर अर्को दिन घर फर्कने क्रममा हराएको उनका ठूलो बुवा शंकरप्रसाद थारुले बताए।उनले भने, 'सोमबार दिउँसो ससुरालीले नेपालगञ्ज जाने बसमा उनलाई वेलुवा चोकमा उत्रने गरी चढाए। तर उनी बेलुवा चोकमा उत्रिएनन्। कहाँ गए कहाँ।'

एकसाता पुग्दा पनि घर नआएपछि परिवारहरु आत्तिएका हुन्।हवल्दार थारुका दुई छोरा मात्र सन्तान मध्ये अपिल जेठो छोरा हुन्। खोज तलासको लागि आईतवार जिल्ला प्रहरी कार्यालय बर्दियामा फोटो सहित हुलिया जानकारी गराएको उनका ठूलोवुवा शंकरप्रसादले बताए। छोरा हराएपछि वावु दिनेश थारु बर्दिया आएका छन्।

बालक खोजतलासको लागि सबै नाका लगायत क्षेत्रहरुमा फोटो सहित पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव निरिक्षक युवराज खड्काले बताए।उनले भने, 'सबै श्रोत साधन परिचालन गरी नाकाहरुमा तीव्र खोजीका लागि सुरक्षाकर्मी परिचालन गरेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.