एमाले दाङ दुई धारमा

एमाले दाङ दुई धारमा

घोराही : जिल्ला समन्वय समितिको निर्वाचनलाई लिएर एमाले दाङ दुई धारमा विभाजित भएको छ । जिल्ला अध्यक्ष टिकाराम खड्काले एक धारको नेतृत्व गरेका छन भने जिल्ला इञ्चार्ज मेटमणि चौधरीले अर्को धारको नेतृत्व गरेरकाले एमाले जिल्ला कमिटी दुई धारमा विभाजित भएको हो ।

खड्काले समन्वय समिति चयनमा माओवादीसंग सहकार्य गरेर जाने सहमति गरेका छन् भने जिल्ला इन्चार्ज चौधरीले नेपाली काग्रेससँग जिल्ला समन्वय समितिमा सहकार्य गरेर जाने सहमति गरेका छन् ।

एमालेलाई प्रमुख र काग्रेसलाई उपप्रमुख दिने गरी उम्मेदवारी समेत दर्ता भइसकेको एमाले जिल्ला इन्चार्ज मेटमणि चौधरीले बताए । एमालेलाई प्रमुखसहित पाँच सदस्य र कांग्रेसलाई उपप्रमुखसहित चार सदस्य दिने सहमति अनुसार उम्मेदवारी दिइएको उनले जानकारी दिए ।

जिल्ला समन्वय समिति दाङमा एमालेले नेकपा माओवादीसँग असार २३ गते नै तालमेलको सहमति गरिसकेकाले त्यहि सहमति कार्यान्वयन हुने र अन्य दल सँग कुनै सहमति नभएको जिल्ला अध्यक्ष टिकाराम खड्काले बताए । उनले सहमति गैर ढट्टगले भएको आरोप समेत लगाए ।

जल्ला इन्चार्ज र अध्यक्षको फरक-फरक निर्णय सार्वजनिक भएसँगै जिल्लामा एमाले दुइ धारमा देखिएको हो । ६ वटा स्थानीय तह जितेर जिल्ले पहिलो पाटी बनेको एमाले निर्वाचन पछि दुई धारमा विभाजन भएको हो । जिल्ला समन्वय समितिका लागि एमाले संग १०, काग्रेससँग आठ र माओवादी केन्दसँग २ मतदाता रहेका छन् ।

जिल्ला इन्चार्जले माओवादीसँगको तालमेलको सहमति तोड्दै काग्रेससँग तालमेल गरे पछि एमालेको जिल्ला पाटीमा भाडभैलो मच्चिएको छ । जिल्ला इन्चार्ज, सचिव सहसचिव लगायतका एकातिर छन् भने अध्यक्ष र उपाध्यक्ष अर्कोतिर लागेका छन् । बगंलाचुली गाँउपालिकालगायत केही स्थानमा पुरानो सहमति अनुसार माओवादीले सदस्य समेत नदिएपछि त्यससँग भएको तालमेलको पुरानो सहमति तोडेको हो । जिल्ला इन्चार्ज चौधरीले भने-‘अबको सहकार्य काग्रेससँग नै हो ।'

अध्यक्ष खड्का पक्षले भने तालमेल माओवादीसँगै भएको भन्दै काग्रेस सँगको तालमेलको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेको छ । एमालबाट जिल्ला समन्वय समिति दाङको प्रमुखमा जितेन्द्रमान नेपाली र काग्रेसवाट उप प्रमुखमा नित्यान्द शर्माले सयुक्तरुपमा उम्मेदवारी दर्ता गराइएका छन् ।

एमालेका अध्यक्ष टिकाराम खड्का र उपाध्यक्ष हुकुम बस्नेतले पुरानै सहमति कार्यान्वयन हुनुपर्ने भन्दै विज्ञप्ति जारी गरेपनि माओवादीले भने समन्वय समितिको प्रमुखमा रेमन्ता पुनलाई उठाएको छ । पुरानो सहमति कार्यान्वयन भए प्रमुख पदमा माओवादीले उठाएको उम्मेद्वारी फिर्ता लिइने माओवादी जिल्ला इञ्चार्ज जीवन गौतमले बताए । नेपाली काग्रेस दाङका सचिव शंकर डाँगीले एमाले र काग्रेसको समन्वय समितिमा तालमेल भएको र सहमति पुर्णरुपमा कार्यान्वयन हुने बताए ।

साउन ३२ गते हुने जिल्ला समन्वय समितिमा उपप्रमुखमा माओवादी केन्द्रका तर्फवाट श्रीधर शर्मा पौडेलले पनि उम्मेदवारी दर्ता गराएका छन् । एमालेले उपप्रमुखमा र काङग्रेसले प्रमुखमा उम्मेद्वारी दिएका छैनन् । यसैगरी सदस्यमा नेकपा एमालेका जक्तबहादुर बस्नेत, देवीलाल थारु कुमाल, माओवादी केन्द्रका तर्फबाट खिमबहादुर घर्ती, नेपाली काङग्रेसबाट बिनोद पाण्डे, लोकीकुमारी विकको उम्मेद्वारी परेको छ ।

दलित सदस्यमा माओवादी केन्द्रका वसन्त सार्कीको उम्मेद्वारी परेको छ । महिला सदस्यमा नेकपा एमालेका तर्फबाट तिलाकुमारी बुढा र सावित्रि रिजाल, नेकपा माओवादी केन्द्रका शुभद्रा भण्डारी र नेपाली काङग्रेसका तर्फबाट इन्द्रकुमारी घर्तीको उम्मेद्वारी परेको छ । जिल्ला समन्वय समिति एक प्रमुख, एक उपप्रमुखसहित नौ सदस्यीय हुने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.