अफगानिस्तानमा तालिवान र इस्लामिकद्वारा आक्रमण, बालबालिकासहित ५०को मृत्यु

अफगानिस्तानमा तालिवान र इस्लामिकद्वारा आक्रमण, बालबालिकासहित ५०को मृत्यु

एजेन्सी: अफगानिस्तानको उत्तरी प्रान्त सार-ए-पोलमा तालिवान र इस्लामिक स्टेटका विद्रोहीले हमला गर्दा ५० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार महिला र विद्रोहीहरुले मिर्जावालङ क्षेत्रमा सुरक्षा शिविरहरुमा आक्रमण गर्दा महिला तथा बालबालिकासहित ५० जनाको मृत्‍यु भएको हो।

विद्रोहीहरुले उक्‍त गाउँमा प्रवेश गरेर अन्धाधुन्ध आक्रमण गरेका थिए। अफगानिस्तानका अधिकारीहरुले भनेका छन् ' विद्रोहीहरुले गाउँमा पसेर आक्रमण गर्दा गाउँका महिला तथा बालबालिका निशानामा परेका छन्।साथै गैरसैनिकहरुको क्रुर र अमानवीय तरिकाले मारिए।'

यस्तै आम्रमणमा परी२८ जना सरकार समर्थित विद्रोही समूहका सदस्य मारिदिएको प्रशासनले दाबी गरेको छ भने केही विद्रोही पनि मारिएको बीबीसीले उल्लेख गरेको छ।


अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले एक वक्तव्यमार्फत उक्त आक्रमणको भर्त्सना गरेका छन्।उनले भनेका छन्, 'अपराधी आतंकवादीहरुले फेरी गैरसैनिक, महिला र बालबालिकाको हत्या गरेका छन्।यो अमानवीय कार्य हो र मानव अधिकार र युद्ध अपराध कानूनको ठाडो उल्लंघन हो।'

यता, हमलामा आफूहरुको कुनै पनि संलग्नता नरहेको तालिवान र इस्लामिक स्टेट विद्रोहीहरुले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.