खान नदिई पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

 खान नदिई पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

काठमाडौ : पूर्वी नेपालको पाँचथरकी बिमला न्यौपानेले आफू १२ सय कुवेती दिनारमा बेचिएको खुलासा गृहमन्त्री जनाद्र्धन शर्मा समक्ष गरेकी छन् । ‘कुवेतमा मलाई एउटा घरमा राखियो,घरमालिकले मलाई १२ सय कुवेती दिनारमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले गृहमन्त्री शर्मा समक्ष भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।’


करीव एक साता अघि उद्धार गरी नेपाल ल्याइएकी बिमला आफ्ना श्रीमान नविन शर्मासँग सोमबार गृहमन्त्री शर्मालाई भेटन् मन्त्रालय पुगेकी थिइन । २०७३ चैतमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै हुँदै कुवेत पुर्‍याएका थिए ।

आफुलाई सशस्त्र प्रहरीका पूर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुरयाइएको जानकारी गृहमन्त्री शर्मालाई गराइन । न्यौपानेले कुवेतमा दुःख पाएको खवर परिवारले पाएपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए ।

बिमलाका अनुसार भक्तवहादुरको समूहले कुवेतमा कार्यालय नै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफूलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गरी फेरी अर्को घरमा काम गर्न पठाएको बिमलाले बताइन ।


गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्मा गृहमन्त्री भए लगत्तै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्धार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.