पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर

पत्रकार आचार्यले कमजोरी स्वीकार गर्नुपर्ने महासंघको ठहर

काठमाडौँ: नेपाल पत्रकार महासंघले आफ्ना केन्द्रीय सदस्य तथा इमेज च्यानल टेलिभिजनका वरिष्ठ उपसम्पादक सुरज आचार्यले समाचारका विषयमा आर्थिक मोलाहिजा गरेको सम्बन्धमा कमजोरी स्वीकार गर्नुपर्ने निष्कर्ष निकालेको छ।

पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालकसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भिडियो लिंकसहित एक अनलाइनमा प्रकाशित समाचारपछि महासंघले महासचिव उजीर मगरको संयोजकत्वमा गठन गरेको छानबिन समितिको प्रतिवेदनको आधारमा सो ठहर गरेको हो।

'आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एवं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैरव्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको तर घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ।'

प्रतिवेदनमा भनिएको छ, 'समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेकाले यस प्रकरणमा आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिक रूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ।'

गत असार २८ गते 'डिसी नेपाल डटकम' मा प्रकाशित सो समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको असार ३० को बैठकबाट गठित समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको यही साउन २२ गतेको बैठकमा प्रस्तुत गरेको थियो। बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको सचिव प्रभात चलाउनेबाट आज जारी विज्ञप्तिमा जनाइएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.