धेरै इन्टरनेट चलाउनु बालबालिकाका लागि 'घातक'

धेरै इन्टरनेट चलाउनु बालबालिकाका लागि 'घातक'

एजेन्सी: विश्‍वलाई नै एकै ठाउँमा जोडिदिने इन्टरनेट बालबालिकाको लागि भने हानिकारक हुने बालबालिका मामिलासम्बन्धी एकजना ब्रिटिश आयुक्तले दाबी गरेकी छिन्।

बालबालिका मामिलाका आयुक्त एन लङफिल्डले अभजर्भर पत्रिकालाई दिएको अन्तरवार्तामा सो कुरा बताएको बीबीसीले उल्‍लेख गरेको छ। बीबीसीका अनुसार आयुक्त लङफिल्डले उक्त अन्तरवार्तामा अभिभावकहरुले आफ्ना सन्तानलाई सामाजिक सञ्जाल र इन्टरनेटमा बढी समय बिताउनबाट रोक्नुपर्ने सुझाव दिएकी छन्।

उनले भनेकी छन्, 'इन्टरनेटमा बालबालिकालाई खेल्‍न दिनु स्वास्थ्यको दृष्टिकोणले भयङकर घातक छ। बालबालिकालाई सामाजिक सञ्जालमा धेरै अभिभावकले सामेल गराइरहेका हुन्छन्।यो सरासर गलत हो। यसो नगराउनु अभिभावकलाई मेरो सुझाव छ। '

विदाको समयमा बालबालिकालाई धेरै अभिभावकले फेसबुक र अन्‍य इन्टरनेट गेम खेल्‍न नदिनुपर्ने उनको भनाई छ। बालबालिका मामिलासम्बन्धी आयुक्त लङफिल्डले यो विषयमा अभिभावकहरुलाई मद्दत पुर्‍याउन समेत यो अभियानकै घोषणा गरेकी छन्।

उनले भनेकी छिन्, 'जब फोन, सामाजिक सञ्जाल र अनलाइन खेल सामाग्रीले हामीलाई चिन्ता, तनाव र नियन्त्रण बाहिर पुर्‍याउँछ त्यसको अर्थ हामीले सन्तुलन मिलाउन सकिरहेका छैनौँ भनेर बुझ्नुपर्छ।जसरी तपाईले आफ्नो खानेकुराका कारण त्यति सञ्चो महसुस गर्नुहुन्न, सामाजिक सञ्जाल पनि त्यस्तै हो।"

गत वर्ष अनलाइन उद्योगको निगरानी गर्ने एउटा समूह अफकोमले अध्‍ययन/अनुसन्धान गर्दा संयुक्त अधिराज्यमा टेलिभिजनभन्दा बालबालिकामाझ इन्टरनेट लोकप्रिय भएको र उनीहरुले इन्टरनेटमा बढी समय बिताउन थालेको निष्कर्ष निकालेको थियो।

उक्त पाँचदेखि १५ वर्षको उमेर समूहका केटाकेटीले हप्ताको १५ घण्टासम्म इन्टरनेटमा बिताइरहेको उक्त अध्ययनले देखाएको छ।लङफिल्डका अनुसार बालबालिकाहरुलाई इन्टरनेट वेवसाइटहरुले विगतमा उनीहरुले अनलाइनमा व्यक्त गरेका रुची अनुसार नै इन्टरनेटको प्रयोग गरिरहन प्रोत्साहन गर्छन् भनेर बुझाउनु जरुरी छ।

यसै वर्षको शुरुमा गरिएको एउटा अध्ययनले सामाजिक सञ्जाल र इन्टरनेटको मध्यमस्तरको प्रयोगले किशोरकिशोरीलाई भने फाइदा पुर्‍याउने निचोड निकालेको थियो। साइकोलिजकल साइन्स नामक जर्नलमा छापिएको उक्त अनुसन्धानमा १५ वर्ष उमेर भएका ब्रिटेनका १ लाख २० हजार जना किशोरकिशोरी सहभागी भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.