श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान् गम्भीर घाइते
पोखरा: पोखरा-लेखनाथ महानगरपालिका-८ जाल्पा रोडमा सोमबार बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।
श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएको र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ।
प्रहरीले खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। रासस