कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ।
प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा वर्तमान मुलुकको समसामयिक राजनीतिक घटना क्रमको बारेमा समेत छलफल हुने पौडेलले बताए। रासस