बालिकालाई भारतमा बन्धक बनाएर बलात्कार

बालिकालाई भारतमा बन्धक  बनाएर बलात्कार

बर्दिबास: नेपाली बालिकालाई भारतमा बन्धक बनाई बलात्कार गरेको आरोपमा महोत्तरीको औरहीबाट एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। घरबाट भगाएर भारतको सितामढीमा बन्धक बनाई बलात्कार गर्दै आएको आरोपमा औरही गाउँपालिका-१ का २८ वर्षीय प्रमोद महतोलाई इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भू पोखरेलले बताए।

औरहीकी स्थानीय-१४ बर्षीया बालिकालाई बन्धक बनाएर आरोपी शिक्षक महतोले बलिकालाई बलात्कार गर्दै आएका प्रहरीले जनाएको छ।
एक बर्ष पहिले गाउँमै आरोपित शिक्षक प्रमोदले ती बालिकालाई टियुसन पढाउने गर्थे।त्यही समयदेखि बालिकालाई ललाई-फकाई शिक्षक प्रमोदले जर्बजस्ती करणी गर्दै आएको प्रहरीको भनाई छ।

साउन १७ गते आरोपी महतोले बालिकालाई भगाएर भारतको सितामढी स्थित साथीको घरमा पुर्‍याएका थिए। बालिका श्री प्रसाद सिंह उच्च मा.वि औरहीमा कक्षा ८ मा पढढ्दै छन्।साउन १७ गते साँझ बालिकाका घरमा नभेटिएपछी अभिभावकले हरायो भन्दै खोजी गरेका थिए।

खोज्दै जाँदा आरोपी शिक्षकले बालिकालाई भारतमा बन्धक बनाएर राखेको कुरा प्रहरीले सुइको पायो।त्यसपछी प्रहरी चौक औरहीले बालिकाको अभिभावकोको सहयोगमा साउन २१ गते उद्धार गरेर नेपाल ल्याएको हो।

बलात्कृत बालिकाको मेडिकल चेकजाँच गराइएको र रिपोर्ट आउन बाँकी रहेको छ।आरोपित शिक्षकमाथि इलका प्रहरी कार्यालय गौशालाले जबर्जस्ती करणी तथा जीउ मास्ने बेच्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.