काठमाडौंमा केबुलकार सञ्चालनबारे मन्त्री र राजदूतबीच छलफल
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायर र नेपालका लागि फ्रान्सका राजदूत कार्मोनाबीच शिष्टाचार भेटवार्ता भएको छ। सोमवार सिंहदरबारमा भएको भेटमा द्धिपक्षीय हीतका विषयमा कुराकानी भएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ।
राजदूत कार्मोनले काठमाडौंमा केबुलकारको सम्भावना रहेकाले यसमा आफ्नो देश लगानी गर्न इच्छुक रहेको बताए। उनले केबुलकार निर्माण छिटो र सहज हुने भएको मन्त्री बलायरसंग बताए।
यस्तै राजदूत कार्मोनले नेपालको भौतिक पूर्वाधार निर्माणमा फ्रान्स सरकारको सहयोग सधैं रहने प्रतिवद्धता जनाएका थिए। मन्त्री बलायरले नेपालको विकासमा फ्रान्सको सहयोग रहदै आएको भन्दै आगामी दिनमा सहयोग रहने विश्वास व्यक्त गरे।
यस्तै सोमबार नै भौतिक पुर्वाधार तथा यातायात मन्त्री र अमेरिकी दूतावासका नियोग उपप्रमुख माइकल सि. गोन्जालेस बीच सिंहदरबारमा भेट्वार्ता भएको छ।
अमेरिकी सरकारको सहयोगमा स्तरीकरण हुन लागेको हेटौडा- भिमफेदी सडक,धरान- वसन्तपुर सडक, कदमाहा- गाइघाट सडक र अमेलिया - धानखोला-ताप्लेजुङ सडक को बिषयमा कुराकानी भएको हो।सो सडक खण्ड को स्तरीकरण का लागि अमेरिकी सरकारले झण्डै साढे पाँच अरव रुपैयाँ सहयोग गर्ने भएको छ।