काठमाडौं-पोखरा जोड्ने मुग्लिनमा नयाँ प्रविधिको पुल

काठमाडौं-पोखरा जोड्ने मुग्लिनमा नयाँ प्रविधिको पुल

मुग्लिनः काठमाडौं पोखरा जोड्ने पृथ्वीराजमार्गको मुग्लिनमा नयाँ प्रविधिको पुल बन्‍ने भएको छ। वि.स‌. २०३४ सालमा बनेको पुरानो प्रविधिको पुल बिस्थापन गरी 'आर्क' प्रविधिको पुल बनाउन लागिएको हो।

पुलको लम्बाइ १६० मिटर र आर्कको लम्बाइ १२० मिटर रहेको छ। कुल १० मिटरमा गाडी गुड्ने भाग सात मिटर फराकिलो रहेको पुल महाशाखाका सिनियर डिभिजन इञ्जिनियर रामहरि पौडेलले जानकारी दिए। आर्क प्रविधिमा यति लामो पुल नेपाली ठेकेदारमार्फत नेपालमा पहिलोचोटी बनाइएको पौडेलले बताए।

पुरानो पुल जीर्ण भएपछि पश्चिमका १० जिल्लाका यात्रुले जोखिम यात्रा गर्नुपरिरहेको थियो। सो पुल आउँदो माघ महिनाभित्र बनिसक्ने पुल महाशाखाले जनाएको छ। पुल बनेपछि १० जिल्लाका यात्रुले सुरक्षित यात्रा गर्न पाउनेछन्।

'आउँदो भदौसम्म सक्नु पर्ने ठेक्का सम्झौता छ तर बाहिरबाट मेटल र अरु उपकरण ल्याउनु पर्ने भएकाले ढिला भयो' सिडिओ पौडेलले भने 'आउँदो माघसम्मका लागि म्याद थप्न सकिन्छ।'

उनका अनुसार अहिलेसम्म ३० प्रतिशत काम सकिएको छ। अहिले मेटरफ्रेम निर्माणको काम भइरहेको छ। मेटलमाथि आरसीसी ढलान गरेर पुल बनाइनेछ।

महाशाखाले सो पुल निर्माण गर्न १२ करोड ११ लाख लागतमा एड्भेन्चर कन्स्ट्रक्शन प्रालिलाई ठेक्का दिएको थियो। राजधानीबाट गोरखा, तनहूँ, लम्जुङ, मनाङ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बाग्लुङ लगायतका जिल्लामा जाने यात्रुले त्रिशुलीमाथिको सो पुल प्रयोग गर्ने गर्छन्।

यसअघि एकपङ्तीको मुग्लिन पुल जीर्ण भएपछि पुलमाथिको कालोपत्रे हटाएर पुल बिभागले स्टिलप्लेट राखेको थियो । २० बर्ष आयु भनिएको सो पुल ४० बर्ष पुरानो भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.