'शान्तिपूर्ण रुपमा डोक्लम विवादको समाधान होस'
काठमाडौं: परराष्ट्रमन्त्री कृष्णबहादुर महराले डोक्लम क्षेत्रबारे भारत, चीन र भूटानबीच देखिएको सीमा विवाद शान्तिपूर्ण ढंगबाट समाधान होस् भन्ने नेपालले चाहेको बताएका छन्।
सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारसंग कुरा गर्दै मन्त्री महराले भने, ‘हामी यो मुद्धामा चीन र भारत कसैको पनि समर्थन गर्दैनौं, उनीहरुले हामीलाई समर्थन गरिदेउ पनि भनेका छैनन्। हामीले नजिकबाट परिस्थिति नियालिरहेका छौं।
चीन, भुटान र भारतको त्रिदेशीय सीमा बिन्दुमा पर्ने डोक्लम क्षेत्रमा दुई महिना अघि चीनले सडक निर्माण थालेपछि भारतले अवरोध गरेको थियो। भारतले सडक निर्माण रोक्नसेना परिचालन गरेको थियो।
चीन र भुटान बीच डोक्लम क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ। उक्त विवाद चलिरहेकै बेला भारतले भुटानको तर्फबाट सडक निर्माण रोक्न डोक्लममा सेना तैनाथ गरेपछि विवाद उत्कर्शमा पुगेको हो।
भारत र चीनियाँ सञ्चारमाध्यममा दुई देशबीच युद्ध हुन सक्नेसम्मका समाचारहरु सार्वजनिक भइरहेका छन्। अमेरिकाले समेत दुई देशलाई संवादमार्फत सीमा विवाद समाधान गर्न आग्रह गरिसकेको छ।