तनाव घटाउन जोडर्नका राजा प्यालेष्टाइनको दुर्लभ भ्रमणमा

तनाव घटाउन जोडर्नका राजा प्यालेष्टाइनको दुर्लभ भ्रमणमा

रामाल्लाह (प्यालेस्टाइन) : जोर्डनका राजा अब्दुल्लाह द्धितीयले प्यालेस्टाइनका राष्ट्रपति महम्मद अब्बासलाई भेट्नेगरी सोमबार दुर्लभ भ्रमण सुरु गरेका छन् ।

अब्बासको मुख्यालयमा उनको पाँच बर्षपछिको पहिलो भ्रमणमा अब्दुल्लाहलाई रातो कार्पेटमा स्वागत गरेका थिए ।

राजाको हेलिकोप्टर नजिकैबाट राष्ट्रपति अब्बासले स्वागत गर्दा प्यालेस्टिनीका नेताहरु पनि थिए भने गीतसंगीत पनि घन्किएको थियो । आत्मीयता दर्शाउने गरी दह्रो हात मिलाएका दुवै जनाले सञ्चार माध्यमहरुलाई भने प्रतिक्रिया दिएनन् ।

इजरायलसँग जोर्डनको तनाव बढ्दै गएकाले त्यसैका बारेमा छलफल गर्न जोर्डनका राजा प्यालेस्टाइन गएको अधिकारीहरुले बताएका छन् ।

गत जुलाई २३ मा इजरायलको एक जना सुरक्षा गार्डले इजरायलको दूतावास परिसरमा जोर्डनका दुई जना नागरिकलाई गोली प्रहार गरी हत्या गरेपछि इजरायल र जोर्डनबीच तनाव बढेको हो ।

ती दुई जना जोर्डनी नागरिकले इजरायली सुरक्षाकर्मीलाई पहिला आक्रमण गरेपछि जवाफी सुरक्षा कारबाहीमा उनीहरु मरेको इजरायली अधिकारीहरुले बताएका छन् ।

तर जुलाई २७ मा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दूताबासमा अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि भने तनाव कम भएको थियो ।

अब्दुल्लाहको भ्रमण अब्बासलाई सहयोग उपलब्ध गराउनेमा केन्द्रित हुने जस्तो देखिने विश्लेषण गरिएको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.