शान्ति सुरक्षा मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

शान्ति सुरक्षा मजबुत बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन कटिवद्ध भएर काम गर्न उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भेट्न आएका नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र हालै बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षकहरूलाई निर्देशन दिँदै जन-धनको सुरक्षाका साथै प्रहरीको छविलाई उच्च राखेर काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले असोज २ गते हुने प्रदेश नम्वर २ को चुनावका लागि विशेष सुरक्षा सतर्कता अपनाउन पनि प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरीको काम सुरक्षा मात्रै नभई जनताको दुख-सुखमा साथ दिने पनि भएको उल्लेख गर्दै प्राकृतिक प्रकोपमा पनि प्रहरी चुस्त रुपमा कार्य गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले २ नम्वर प्रदेशको स्थानीय चुनाव र त्यसलगत्तै हुन लागेको प्रतिनिधसभा र प्रदेससभाको चुनावमा शान्ति सुरक्षाको अवस्था मजबुत पार्न पनि निर्देशन दिएको प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.