एमालेद्वारा वीरगञ्ज महानगरको उम्मेदवार घोषणा

एमालेद्वारा वीरगञ्ज महानगरको उम्मेदवार घोषणा

वीरगन्ज: नेकपा एमालेले तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ।

प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो।

अन्सारी भर्खरै नेकपा एमालेमा प्रवेश गरेका हुन्। उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक समेत हुन् भने सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन्।

एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको हो।

प्रदेश नं २ का एमाले प्रमुख सत्यनारायण मण्डल, उपप्रमुख नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह लगायतका नेताको सहभागितामा सम्पन्न सो बैठकले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पाँच वटा समूह बनाएर सांसद महिला, दलित र विद्यार्थी नेतालाई परिचालन गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख डा विश्वभर शर्माले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.