पहिरोमा परी एकै परिवारका तीनको मृत्यु, एक बेपत्ता

पहिरोमा परी एकै परिवारका तीनको मृत्यु, एक बेपत्ता

रसुवा: रसुवाको पैरेवेशीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । दुई महिलाको उद्धार गरिएको छ। उत्तरगया गाउँपालिका–४ पैरेवेशीमा एकै घरका हराइरहेका चार जनामध्ये तीन जनाको शव २० घन्टापछि फेला परेको हो।

सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले बेपत्ताको खोजी गरेपछि सोमबार अपराह्न तीन जनाको शव निकाल्न सफल भएको हो । घटनास्थल नुवाकोटको सदरमुकाम विदुरदेखि ३० किलोमिटर उत्तर त्रिशूली नदीको पूर्वी किनारा खोंचमा पर्छ।

पहिरोले पुरिएकाको खोजीका लागि दिउँसो दुई बजेदेखि स्काभेटर र जेसिभी मेसिन प्रयोग गरिएको थियो । अपराह्न तीन जनाको शव फेला परेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिए।उनले मृतकका परिवारलाई राहत दिने र घर पुरिएकालाई अन्यत्र स्थानान्तरण गरिने बताए।

पहिराले धर्मबहादुर थापा मगरका नाति ४ वर्षीय रविन थापा मगर, बुहारी ३३ वर्षीया मनु थापा मगर, धर्मबहादुरकै घरमा काम गर्दै आएका ७८ वर्षीय भक्तबहादुर नगरकोटीको शव घरभन्दा सय मिटर तल खेतमा भेटिएको थियो।

बालक रविन र भक्तबहादुरको शव खेतमा र मनुको शव पहिरोमा बगेको घरभित्र भेटिएको हो।हराइरहेका वृद्ध धर्मबहादुरको खोजीकार्य भइरहेको रसुवा प्रहरीले जनाएको छ । बेलुकीदेखि फेरि मुसलधारे पानी परेपछि पहिरो बगेका कारण उद्धारमा कठिनाइ भएको भरतमान घलेले बताए।

पहिरोमा परी स्थानीय २६ वर्षीया देवकी भुजेल र ३४ वर्षीया विन्दा थापा मगर घाइते भएका छन्।आठ सय मिटर लामो पहिरोले शव पुरेकाले खोज्न निकै समस्या परेको उद्धारमा संलग्न नुवाकोटको देवीघाटका श्रीनाथ गणका गणपति प्रमुख सेनानी रोहित गुरुङले बताए ।
५० जना सेना, ११ सशस्त्र प्रहरी र २० जना नेपाल प्रहरीसहित करिब सय जना लगातार १० घन्टासम्म उद्धारमा खटिएका थिए ।

विस्थापितलाई त्रिशूली थ्री एमा पुनःस्थापना
रसुवाको पैरेवेशीको पहिरोबाट विस्थापित १४ घरधुरीलाई तत्काल एक किलोमिटर टाढा त्रिशूली नदीपारि पश्चिमी किनारामा रहेको निर्माणाधीन त्रिशूली थ्री ए जलविद्युत् केन्द्रको भवनमा सारिने घटनास्थलमा पुगेका रसुवाका सांसद जनार्दन ढकालले बताए ।

वर्षासँगै बगिरहेको पहिरो सोमबार मध्याह्नबाट रोकिएपछि पहिरो पन्छाएर खोजी सुरु गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

‘पहाड खसेर बस्तीमा खस्दा नौ घर पुरिएका छन्, प्रजिअ न्यौपानेले भने, ‘अवरुद्ध सडक स्काभेटरले खुलाएपछि हराइरहेकाहरूको खोजी सुरु भएको छ।'

अमिले खोला, भर्‍याङ खोला र खहरे खोलामा आएको बाढी बस्तीमा पसेर थप १२ घरपरिवार विस्थापित भएको स्थानीय सुमित्रा पौडेलले जानकारी दिइन्।

गम्भीर घाइते बिन्दा थापा मगरलाई नेपाली सेनाले उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाएको छ । देवकी थापा मगर, रुद्रबहादुर थापा मगर र कान्छी थापा मगरको स्थानीय स्वास्थ्य केन्द्र शान्ति बजारमा उपचार भइरहेको उत्तरगया गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.