सानैमा विवाह, युवा हुँदा नौ सन्तान

सानैमा विवाह, युवा हुँदा नौ सन्तान

प्युठान : एउटै उमेरका जोडी कमल कुवँर र श्यामकली ३२ वर्षका भए । विवाह हुँदा दुवैजना १५ वर्षका थिए। कमलले पाँच कक्षासम्म पढेका छन् भने श्यामकली अनपढ हुन्। एउटै गाउँ वारिपारिका उनीहरूले हाँसखेल गर्दागर्दै भागेर विवाह गरेका थिए।

गत वर्षदेखि पहिरोले थलिएको नौबहिनी-८ फोप्ली निवासी उनीहरूले बर्सौटे सन्तान जन्माए। अहिले काखमा आठ सन्तान छन् । नौ सन्तानका बुबाआमा भए पनि जेठो छोरा ज्ञानबहादुरको तीन वर्षको उमेरमै जन्डिस भएर मृत्यु भयो। जेठा छोराको मृत्युपछि गाउँमा सबैले अब छोरा जन्मदैनन् भन्ने गरेको कमला सुनाउँछिन्। 'छोराको मृत्युपछि जेठी छोरी जन्मिइन्', उनी भन्छिन्, 'छोराको आसमा नौ छोराछोरी भए ।' जेठी छोरीपछि जन्मिएका मदन र मनोज जुम्ल्यहा हुन्। १५ वर्षकी छोरी मनीषादेखि ६ महिनाकी छोरी अञ्जुलीसम्म अहिले उनको काखमा छन्। अहिले साथमा ६ छोरा र दुई छोरी रहेको उनले बताइन्।

गत वर्षको साउनमा पहिरो जाँदा उनीहरूको नौजनाको परिवार थियो। कान्छी छोरी अन्जुली पहिरो गएपछि जन्मिएकी हुन् । पोहोर साल पहिरोले उनीहरूको घर बगायो। यो परिवारका सबै सदस्यले मुस्किलले पहिरोबाट ज्यान बचाए । सुतिरहेका बेला आएको पहिरोले घरमा भएका लत्ताकपडा, भाँडाकुँडा सबै बगायो। यो परिवारले अहिले पनि पहिरोसँग संघर्ष गरिरहेको छ।

चुहिने खरको छानो भएको घरमा जीवन कटाइरहेको श्यामकली बताउँछिन्। 'ख्यालख्यालमै यतिका छोराछोरी जन्माइयो', उनी भन्छिन्, 'किनेको चामल एक हप्तामै सकिन्छ ।' आफूलाई छोराछोरीको रेखदेख र घाँसपात गर्न ठक्क हुने गरेको उनी सुनाउँछिन्। ' श्रीमान्ले गाउँमा मजदुरी गरेर गुजारा चलाउनुभएको छ', उनले भनिन्, 'अरूको काम गर्न जाँदा आफ्नो घर बनाउन भ्याएका छैनौं ।'

दाताले घर बनाउन सामान दिए पनि समय नमिलेको कमलले बताए। 'अरूको काम गर्न नगए चुलो बल्दैन्', उनले भने, 'छोराछारीको पढाइ र पालनपोषण गर्नै समस्या छ ।' सात वर्षअघि बुबा शशिराम र तीन वर्षअघि आमा नन्दीको मृत्यु भएको उनले बताए । 'आफू एक्लो छोरा भएकाले पनि धेरै छोरा जन्माएको हुँ', उनी भन्छन्, 'बूढापाकाले सन्तानले डाँडाकाँडा ढाकून् भन्थे नभन्दै त्यस्तै भयो।' ठूलो परिवार भएकाले पालान पोषणमा समस्या हुने गरेको उनले जानकारी गराए।

'पहिरोको त्रासमा रात बिताइरहेका छौं', कुवँरले भने, 'अहिले ठूलो परिवार छ । छोराछोरी हुर्केबढेपछि सुख पाइएला भन्ने लाको छ ।'अशिक्षा र अज्ञानताले सानै उमेरमा विवाह गर्दा कुँवर दम्पतीले धेरै सन्तान जन्माएका हुन् । स्वास्थ्यसँग जोडिएका कार्यक्रम गाउँमा प्रभावकारी रूपमा सञ्चालन नहुँदा आफूहरूले धेरै सन्तान जन्माएको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.