'चिनियाँ समान बहिष्कारले चीन-भारत दुवैलाई बेफाइदा'

'चिनियाँ समान बहिष्कारले चीन-भारत दुवैलाई बेफाइदा'

नयाँदिल्ली : भारत र चीनबीच केही सातायता विकसित सीमा विवादका कारण पछिल्ला दिनमा चिनियाँ सामग्रीलाई भारतमा बहिष्कार गर्ने प्रवृति बढेको बताउँदै यसलै दुवै पक्ष (चीन र भारत)लाई क्षति हुने सोमबार भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तनाव जारी रहेका समय भारतीय राष्ट्रवादी शक्ति तथा केही संघसंस्था र व्यक्तिहरूले चिनियाँ सामानको बहिष्कार गर्न आग्रह गरेपछि सञ्चारमाध्यमले यस्ता गतिविधिले दुवै मुलुकलाई बेफाइदा हुने उल्लेख गरेका हुन् । गत जुन १८ गते चीन-भारत सीमाको सिक्किम क्षेत्र डोङलाङ (डाकलाम) मा भइरहेको चिनियाँ सडक विस्तारको काममा भारतीय पक्षले अवरोध गरेपछि दुई देशबीचको तनाव बढेको हो ।

यसै विषयलाई लिएर गरिएको बहिष्कारलाई भारतीय दैनिक पत्रिका 'न्यु इन्डियन डेली'ले 'आर्थिक कट्टर राष्ट्रवादको पुनरुत्थान' भनी आफ्नो सोमबारको अंकमा आलोचना गरेको छ । भारतीय आर्थिक समाचार दैनिक द इकोनोमिक टाइम्सले यस्ता (समान बहिष्कारको) नीतिले चीनमाथि दबाव पर्छ भन्ने कुरा 'गलत' सोचमात्र भएको र 'यसले भारतलाई क्षति पुग्ने' जनाएको छ । टाइम्सले भारत चिनियाँ सामानको आपूर्तिमा निर्भर रहेको जनाएको छ ।

चिनियाँ भन्सार कार्यालयको तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट भारततर्फ हुने निर्यात ५८ अर्ब ३२ करोड अमेरिकी डलर रहेको थियो । चीनबाट सन् २०१५ मा ५८ अर्ब २५ करोड अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो । यसरी हेर्दा चीनबाट भारत निकासी हुने सामानमा वृद्धि देखिन्छ ।

तर गतवर्ष भारतबाट चीनतर्फ ११ अर्ब ७६ करोड अमेरिकी डलर बराबरको समान निर्यात भएको र त्यस वर्ष भारतबाट चीन निकासी हुने सामानमा १२ प्रतिशतले गिरावट देखिएको थियो । यसको अर्थ भारतको चीनसँगको व्यापार घाटा ४६ अर्ब ५६ करोड अमेरिकी डलर रहेको छ । भारत चीनको ठूलो व्यापारिक साझेदार छिमेकी मुलुक हो । त्यहाँबाट भारतमा ठूलो मात्रामा विद्युतीय सामग्री, औषधि तथा अन्य तयारी तथा कच्चा पदार्थ ल्याइन्छ । -रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.