लायन्स डिस्ट्रिक्ट क्लस्टरको संयुक्त पदस्थापन

लायन्स डिस्ट्रिक्ट क्लस्टरको संयुक्त पदस्थापन

काठमाडौं: लायन्स क्लब इन्टरनेनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालअन्तर्गत पोखरा क्षेत्रको क्लस्टर नम्बर १ का ३४ वटा क्लबको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

शनिबार पोखरामा सम्पन्न उक्त कार्यक्रममा ३४ वटा क्लबका पदाधिकारी र अतिथि गरी आठ सय लायन्सको उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले सामाजिक क्षेत्रमा नेपालका लायन्स क्लबको योगदान प्रशंसनीय रहेको बताए।

‘देशैभरिका लायन्स क्लब सामाजिक काममा सक्रिय भएको देखेको छु', उनले भने। सरकार तथा स्थानीय तहले गर्नुपर्ने धेरै काम लायन्सले गरेकाले नेपालमा लायन्सको सामाजिक अभियानबाट धेरै लाभान्वित भएको धारणा राखेका छन्।

कार्यक्रममा मल्टिपल काउन्सिल अध्यक्ष बालकृष्ण बुर्लाकोटीले ३२५ बी १ संसारकै उत्कृष्ट डिस्ट्रिक्ट भएकाले यसको गरिमा जोगाउनुपर्ने बताए। वर्तमान गभर्नर धनराज आचार्यले यो वर्ष डिस्ट्रिक्टले राम्रा कार्यक्रम ल्याएकाले सफल बनाउन सबै क्लब लाग्नुपर्ने बताए। डिस्ट्रिक्ट गभर्नर आचार्यले शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यस वर्ष लोकप्रिय कार्यक्रम ‘पढाऔं अभियान' सञ्चालन गरिएको जानकारी दिए।

‘अभियानमा रकम संकलन हुने क्रम जारी छ', उनले भने। शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म जाने वातावरण बनाउन अभियानले सघाउने हुँदा अभियानमा साथ दिन उनले आग्रह गरे। पदस्थापनकै दिन क्लस्टर १ अन्र्तगतका क्लबबाट ‘पढाऔं अभियान' का लागि ७३ लाखको कोष स्थापना गर्ने प्रतिबद्धता आएको डिस्ट्रिक्टका सिनियर एम्बासेडर अफ गभर्नर तथा क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले बताए।

साथमा एमजेएफ र एनएलएफमा करिब २० लाखको प्रतिबद्धता आएको बताइएको छ। यसैबीच, क्लस्टर नम्बर १ अन्तर्गतका ३४ वटा क्लबका पूर्वअध्यक्षले शनिबार नयाँ अध्यक्षलाई पदभार हस्तान्तरण गरेका छन्। पूर्वअध्यक्षले गत वर्ष भएका कार्यक्रम जानकारी गराएका थिए भने नयाँ अध्यक्षले यो वर्ष गर्ने कार्यक्रमको प्रतिबद्धता व्यक्त गरे।

उक्त अवसरमा मल्टिपल काउन्सिल चियरपर्सन बालकृष्ण बुर्लाकोटीलाई सम्मान गरिएको छ। गत वर्ष डिस्ट्रिक्टलाई संसारकै उत्कृष्ट बनाएर नेपालको लायन्सलाई संसारभर चिनाउन सफल भएकोमा क्लस्टर नम्बर १ को तर्फबाट दोसल्ला र कदरपत्रले सम्मान गरिएको क्लस्टर प्रमुख दुर्गाप्रसाद हुमागाईंले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.