लुम्बिनी विकास बैंकको शाखा स्थानान्तरण
काठमाडौं: लुम्बिनी विकास बैंक लिमिटेडले नुवाकोटको खड्गभञ्ज्याङमा गाविसमा रहेको शाखा स्थानान्तरण गरेको छ।
बैंकले सोही जिल्लाको बिदुर नगरपालिकाको देवीघाटमा शाखा स्थानान्तरण गरेको छ । बैंकले ग्राहकलाई सहज एवं सरल बैंकिङ कारोबार गर्न सुविधा मिलोस भन्ने हेतुले सम्पूर्ण भौतिक पूर्वाधारयुक्त रहेको देविघाटमा शाखा कार्यालय स्थानान्तरण गरेको जनाएको छ। उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले गरेका थिए।
उक्त अवसरमा अध्यक्षले नुवाकोटवासीबाट हालसम्म पाएको सहयोग तथा सद्भावप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पनि बैंकप्रति सहयोग र सद्भाव कायमै रहने अपेक्षा व्यक्त गरे । बैंकको हाल कायम बृहत् शाखा सञ्जालको माध्यमद्वारा सरल तथा गुणस्तरीय बैंकिङ सेवाबाट ग्राहक थप लाभान्वित हुने उनले जानकारी दिए।
लुम्बिनी विकास बैंक लिमिटेडले उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटीएम, आस्वा, मोबाइल बैंकिङ, रेमिटेन्स सेवा, लकरलगायत बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । केन्द्रीय कार्यालय काठमाडौं रहेको बैंकले देशका विभिन्न भागमा छरिएर रहेका ५१ वटा शाखा सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।