टाटाको मोबाइल सर्भिस सञ्चालन

टाटाको मोबाइल सर्भिस सञ्चालन

काठमाडौं: नेपालका लागि टाटा हिटाचीको अधिकारिक बिक्रेता सिप्रदी अर्थ मुभर्स प्रालिले मोबाइल सर्भिस भ्यान सञ्चालनमा ल्याएको छ।सोमबार आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रूपमा उक्त मोबाइल सर्भिस भ्यानको उद्घाटन गरेका हुन्।

उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्स पनि तुरुन्त उपलब्ध गराउने कम्पनीले जनाएको छ। उपभोक्ताले टाटा हिटाचीका एस्काभेटर र ह्विल इक्विपमेन्ट बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोही स्थानमा गएर मर्मत गर्नेछ। उक्त भ्यान अहिले काठमाडौं, धादिङ, नुवाकोट, बनेपा र बागमती अञ्चलका अन्य क्षेत्रमा सञ्चालनमा छ।

भविष्यमा उक्त सेवालाई विस्तार गर्दै देशका सम्पूर्ण भागमा पुर्याउने कम्पनीको योजना छ। उपभोक्ताको आवश्यकतालाई छिटो र सुलभ ढंगले संबोधन गर्ने उद्देश्यले उक्त भ्यान सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए। उनका अनुसार यसअघि सिप्रदीले टाटाका गाडीको मर्मतका लागि मोबाइल सर्भिस भ्यान सञ्चालनमा ल्याइसकेको छ।

३५ वर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सिप्रदी नेपालको सबैभन्दा ठूलो र सबैभन्दा बढी कर तिर्न सफल कम्पनी भएको टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयरपार्ट्स, एक्साइड ब्याट्री, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटा हिटाचीका कन्सट्रक्सन उपकरण बिक्री गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.