अधुरै रह्यो समय सुधारको लक्ष्य

अधुरै रह्यो समय सुधारको लक्ष्य

काठमाडौं : पछिल्लो समय नेपाली म्याराथन धावकमध्ये पहिलो नम्बरमा छन्, भूमिराज राई। लन्डनमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी पनि हुन्, भूमिराज। विश्व एथलेटिक्सका लागि गतिलो तयारी गरेर लन्डन पुगेका भूमिराजले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो समयमा सुधार ल्याउने लक्ष्य राखेका थिए।

तर, प्रतियोगितामा भूमिराजले आफ्नो लक्ष्य पूरा गर्न सकेनन् र उनी म्याराथनको निर्धारित ४२.१९५ किलोमिटर दूरी पार गर्नसमेत असमर्थ भए। राईले पाँच महिनादेखि च्याम्पियनसिपका लागि चीनमा बसेर तयारी गरेका थिए। नेपाल एथलेटिक्स संघले प्रदर्शनमा सुधार ल्याउने लक्ष्यसहित उनलाई विश्व च्याम्पियनसिपमा सहभागी गराएको थियो।

कुल एक सयजना धावकको सहभागिता रहेको म्याराथनमा ७१ जनाले मात्र दौड पूरा गरेका थिए । दौड पूरा गर्न नसक्ने २९ जनाको सूचीमा भूमिराज पनि परे।

एथलेटिक्सका पूर्वमुख्य प्रशिक्षक सुशीलनरसिंह राणा म्याराथन आफंैमा कठिन विधा भएकोले नतिजामा उतारचढाव आउनु स्वाभाविक रहेको बताउँछन् । ‘दौड पूरा गर्न नसक्नुको पछाडि हरेक खेलाडीको आआफ्नै समस्या हुन्छन् । भूमिराज राम्रो खेलाडी हो, उसले वैदेशिक प्रशिक्षणको अवसर पनि पाएको थियो। दौडका क्रममा खुट्टामा फोका उठेकोले उसले दौड पूरा गर्न सकेन’, राणाले भने।

भूमिराजले २० किलोमिटर दूरी राम्रो पेसमा दौडिएको पनि राणाले बताए । नेपाली खेलाडीमा एक्पोजरको कमी छ, वर्षमा भाग्यले एकदुईवटा ठूलो खेलमा सहभागिता जनाउँदा खेलाडीको नतिजा एकनासको आउँदैन’, राणा भन्छन् । नेपाल पुलिस क्लबमा आबद्ध भूमिराजले पछिल्लो दशक नेपाली म्याराथनका एकछत्र राज गरिरहेका थिए । पाँचपटक राष्ट्रिय च्याम्पियन भइसकेका भूमिराजको म्याराथनमा दुई घन्टा २० मिनेट ४४ सेकेन्डको समय छ ।

टोरी विश्वकै तीव्रगतिकी महिला
एथलेटिक्स विश्व च्याम्पियनसिपको महिला एक सय मिटर दौडमा अमेरिकाले आफ्नो छवि बलियो बनाएको छ । शनिबार राति भएको पुरुष एक सय मिटर दौडमा जमैकन धावक उसेन बोल्टलाई पछार्दै अमेरिकाका जस्टिन ग्याट्लिनले स्वर्ण र क्रिस्टियन कोलमनले रजत जिते । जस्टिन र क्रिस्टिएनको पदकले अन्तिम खेल खेलिरहेका उसेन बोल्टलाई समेत छायामा पार्यो।

पुरुषको चर्चा नसेलाउँदै सोमबार भएको महिला एक सय मिटर दौडमा पनि अमेरिकाकै टोरी वोईले स्वर्ण पदक जितेर गतिलै चर्चा बटुलिन् । विश्व च्याम्पियनसिपको एक सय मिटर दौडमा स्वर्ण जितेसँगै उनी विश्वकै सर्वाधिक तीव्रगतिकी महिला पनि बनिन्।

टोरीले निर्धारित दूरी १०.८५० सेकेन्डमा पूरा गरिन्। उनले स्वर्ण जित्ने क्रममा आइभरी कोस्टकी मेरी जोस ता लोउलाई पछि पारेकी थिइन् । मेरीले निर्धारित दूरी पूरा गर्न १०.८६ सेकेन्ड समय खर्चिइन् । नेदरल्यान्ड्सकी डाफने स्चिपर्स १०.९६ सेकेन्डसहित तेस्रो भइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.