७८ वर्षको उमेरमा नागरिकता

७८ वर्षको उमेरमा नागरिकता

मुसिकोट: रूकुमकी एक वृद्धाले ७८ वर्षको उमेरमा छोराको सनाखतमा नागरिकता प्राप्त गरेकी छन्। त्रिवेणी गाउँपालिका वडा नम्बर ६, मुरूकी नारायणी वाठाले सोमबार जिल्ला प्रशासन कार्यालयबाट वंशजका आधारमा साइलो छोरा कमलबहादुरले सनाखत गरेपछि नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले जानकारी गराए।

कास्कीको पोखरा जन्मघर भई ५८ वर्षअघि मुरुका तिलवीर वाठासँग विवाह गरेकी नारायणीका परिवार प्रायः भारततिरै बस्ने भएकाले नागरिकता बन्न ढिला भएको वडाध्यक्ष राजेन्द्र पुनले बताए। पुनका अनुसार वृद्धभत्ताका लागि उनको नागरिकता बनाउन पहल गरिएको हो। नारायणीका चार छोरा र एक छोरी छन्। तिलवीरको १७ वर्षअघि मृत्यु भएको थियो। उनीहरूका सन्तानले बुबाका नामबाट यसअघि नै नागरिकता प्राप्त गरेका थिए।

‘ श्रीमान्सँगै छोराछोरी पनि भारतमै बस्थे, मलाई पनि नागरिकता चाहिन्छ भन्ने थाहा नै भएन', नारायणीले भनिन्, ‘पछि पो मसँगैका छिमेकीले भत्ता पाउन थाले अनि मात्रै नागरिकता बनाउनुपर्छ भन्ने लाग्यो।' उनको नागरिकता बनाउन केही वर्षअघि नै पहल थालिए पनि कागजात नमिलेका कारण अहिले मात्र प्रक्रिया पूरा भएको हो।

कमलले आमाले नागरिकता पहिल्यै पाउनुपर्ने भए पनि पारिवारिक लापर्बाहीका कारण ढिला भएको सुनाए। ‘आमाले पनि पहिल्यै नागरिकता पाउनुपथ्र्यो तर बाबाले नै यस विषयमा वास्ता गर्नुभएनछ', उनले भने, ‘हामीले आमाको नागरिकता बनाउनुपर्छ भनेका थियौं तर कहिले के मिलेन, कहिले के मिलेन। ढिलै भए पनि आमाको नागरिकता बनेकोमा खुसी लागेको छ।'

आमाको नागरिकतामा छोराले सनाखत गर्नुपर्ने अवस्था कमै आउने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। वाठाका छोराछोरीसँगै नातिनातिनाले पनि नेपाली नागरिकता पाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.